सुरेन्द्र मेहता / इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले गाँजा सहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका वार्ड नं. १ स्थित बलाहा नजिक सहायक नहर इनरुवा दुहबी सडक खण्डबाट बुधबार विहान को. १ च ९८५२ नम्बरको स्कार्पियो गाडीमा गाँजा छ भन्ने सुचना अधारमा प्रहरीले गर्न सफल भएको हो ।
पक्राउ परेको गाडीमा प्रहरीले बाहिरबाट प्लाष्टिक तथा बोराले प्याकिङ गरी कपडाको रोल जस्तो देखेपछि प्रहरीले गाडीको फलोअप गर्न सुरु गरेका थिए ।
स्कार्पियो गाडी भित्र ९ वटा बोरामा २ सय ५० के.जी. गाँजा सहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् ।
धनकुटा जिल्लाको सिमावर्ति क्षेत्रबाट ठूलो परिमाणमा तयारी गाँजा निकासी भई सुनसरी र मोरङको बाटो हुँदै भारत तर्फ जाँदैछ भन्ने बिशेष सूचनाका आधारमा वराह क्षेत्रको चतरा देखी पछ्याउदै गर्दा बलाहा नजिक पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षकको टोलीले बिहान ०१ः०० बजे देखी चेक गर्ने क्रममा ब्यारिकेट लडाएर स्कार्पियो गाडी भागेपछी, चेकिङलाई निरन्तरता दिएका थिए ।
प्रहरीको अर्को टोलीले सो गाडीलाई फलो गरिएको थियो । भागेको गाडीलाई पक्राउ गर्नका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षको टोली नै परिचालित भएको थियो ।
सोही टोलीले बलाहा नजिक सहायक नहर ईनरुवा दुहबी सडक खण्डबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
चेकजाँचका क्रममा ब्यारिकेटलाई ठक्कर दिदै भागेको स्कार्पियो गाडीले को. १ ब २४३६ र को. १ ब २१०५ नं. का मोटरसाईकलहरुलाई समेत ठक्कर दिदै भागेका थिए ।
सो स्कार्पियो गाडीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १ राउण्ड फायर समेत गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
व्यारिकेटको चोट लागी १ जना प्रहरी जवान सामान्य घाइते समेत भएका छन् ।
गाडी भाग्ने क्रममा को. १ ब २४३६ र को. १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत पूर्ण रुपमा क्षति पु¥याएको र ब्यारिकेटलाई क्षति गरी
फरार हुने क्रममा ब्यारिकेटको ठक्कर लागी चतरा कोशी पुल नजिक चेकिङमा खटिएका प्रहरी जवान उदय राई घाईते भएका छन् ।
कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नजिक सहायक नहरबाट बिहान ०३ः२४ बजे नियन्त्रणमा लिएको हो ।
गाडी संगै चालक भोजपुर हतुवागढी गा.पा ९ बस्ने बर्ष २७ को अर्जुन खड्का र गाडीमा सवार रहेका धरान उपमहानगरपालिका वार्ड नं. १ बस्ने बर्ष २६ को ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ । गाडिमा रहेको अन्दाजि २५० के.जी.गाँजा सहित पक्राउ परेका अर्जुन खड्काको साथाबाट नगद रु.१ लाख ५४ हजार र उक्त नियन्त्रणमा लिएको गाडीको सिट मुनिबाट धारिलो हतियार खुकुरी २ थान समेत बरामद भएको छ ।
पक्राउ परेका प्रतिवादीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post