इनरुवा । ओली समुहका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठन राष्ट्रिय युवा संघ सुनसरीमा गठन भएको छ ।
राष्ट्रिय युवा संघ सुनसरी जिल्लामा अरुण गुरुङ्गको संयोजकत्वमा १ सय ५ सदस्य कमिटी गठन भएको हो ।
राष्ट्रिय युवा संघ सुनसरी जिल्ला कमिटीको सह संयोजकमा पुकार पोखरेल चयन भएका छन भने सदस्यहरुमा रमेश कुमार यादव, सुजन लामा , रित्तिक यादव, रविन्द्र यादव, पर्शु लुइटेल, जापान लिम्बु, धिरज थापा, भविसा भुजेल, प्रकाश यादव लगायतका १०५ सदस्य कमिटी गठन भएको छ ।
Discussion about this post