• pradeshpoint
  • Pradeshpoint
Monday, November 10, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सत्य संसार साप्ताहिकको चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न

विभिन्न विद्यामा उत्कृट काम र योगदान गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २२ गते, १९:५७ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
सत्य संसार साप्ताहिकको चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न
83
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा उत्कृट काम गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रममा विभिन्न विद्यामा उत्कृट काम र योगदान गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी , रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव रहेका छन् । उनीहरुलाई विभिन्न सम्मानबाट सम्मानित गरेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई खेलकुद विकास सम्मान, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलाई विकास निर्माण सम्मान, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीलाई शिक्षा सम्मान, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलाई सुशासन सम्मान र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई स्वास्थ्य सम्मानबाट सम्मानित गरिएको छ । सबैलाई दोसल्ला र सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अथितिका तर्फबाट सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सम्मान गरे ।

त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरुलाई समेत सम्मान गरेको कानुनी सल्लाहकार सुकदेव चौधरीले जानकारी दिए । उता सत्य संसार साप्ताहिकको चौथौ वार्षिक उत्सव कार्यक्रम तथा सत्य संसार साप्ताहिकको कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सत्य संसार साप्ताहिकको आफ्नै कार्यालय समेत वीहिबार उद्घाटन गरिएको छ ।सत्य संसारका सम्वाददाता अजमल अन्सारीका अनुसार बीहिवार इनरुवा नगरपालिका वडा न.२ को कुसुम गाछी चौकमा रहेको सत्य संसार साप्ताहिकको चौथो वाषिर्कोत्सव कार्यक्रममा कार्यालय उद्घाटन गरिएको छ ।
चौथो वाषिर्कोत्सवको अवसरमा सत्य संसार साप्ताहिकको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले उद्घाटन गरेका थिए ।
सत्य संसार साप्ताहिकले देशको समग्र, सुशासन, पारदर्शिता, विधिको शासन, जवाफदेहीता, जनसहभागिताको क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको भन्दै अथितिहरुले प्रसंसा गरेका थिए । सत्य संसार साप्ताहिक पत्रिकाले संचार माध्यमबाट नागरिकको सूचनाको हक सुसूचित हुने कुराको वकालत गर्दै आवाज विहिनहरुको आवाज बनेर २०७४ सालमा स्थापना भई चार वर्ष देखि काम गर्दै आएको छ ।
निरन्तर रूपमा पत्रिका दर्ता भएपछि प्रकाशन गर्दै आएका प्रदेश १ को सुनसरीको १२ वटा स्थानीय तहका १२४ वटा वडामा, मोरङको सदरमुकाम बिराटनगर र सप्तरी जिल्लाको सदरमुकाम राजबिराज लगायत विभिन्न क्षेत्रहरुमा जनताको समस्या, गुनासो, जनप्रतिनिधिहरुको भ्रष्टाचार लगायत विभिन्न किसिमको सूचनाहरु पत्रीका मार्फत जनता सम्म जानकारी गराउदै आएको प्रकाशक यादवले बताए ।
मानव अधिकार तथा नागरिकको अधिकारको पक्षमा पत्रीका र पत्रकारिताको माध्यमबाट वकालत गर्दै आएको र समग्र शिक्षा, सूचना अनि मनोरञ्जन सहित सचेतना एवम् विकास र समृद्धिको क्षेत्रमा योगदान गर्दै आएको प्रकाशकका तर्फबाट पत्रकार जयकृष्ण यादवले बताए । यसैबीच सत्य संसार साप्ताहिकले सुनसरीका १२ स्थानीय तहमा भएका काम, योजना र कार्यक्रमको विषयमा पत्रिकाले अध्ययन, अनुसन्धान र सर्वे गर्दा देश भरि वा प्रदेश भरिमा अरुको तुलनामा फरक र सन्देश दिने खालका काम के गरेका छन् ।

त्यस विषयमा गरिएको अध्ययनका क्रममा पाँच पालिकाका तीन वर्षे नागरिक सन्तुष्टि सर्वेमा विकासको अनुभुती दिलाई स्थानीय तह विकास भएको सन्देश प्रवाह गर्न सफल भएको ५१ प्रतिशत बढीले मत जाहेर गरेको नतिजाका आधारमा विभिन्न सम्मानबाट सम्मानित गरेको थियो । सत्य संसार साप्ताहिकको चौथौ वार्षिक उत्सव कार्यक्रम तथा सत्य संसार साप्ताहिकको कार्यालयको उद्घाटन कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहता, रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, नागरिक समाजका पुरुषोत्म घिमिरे, पत्रकार राजेन्द्र पोखरेल, रामरिझन यादव, उद्योग वार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र साह, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सूर्य नारायण मेहता लगायतको सहभागीता थियो ।

कार्यक्रममा सत्य संसार साप्ताहिकका संरक्षक सल्लाहकार सम्पादक जयकृष्ण यादव, कोशी प्रमुख पवन रौनियार, भोक्राहा नरसिंह प्रमुख अजमल नेपाली, गढी प्रमुख सुरेन्द्र चौधरी, हरिनगर प्रमुख लुकमान अंसारी, पत्रकार शशी कोईराला, इकबाल अहमद, प्रमोद यादव, अमर काफ्ले, पप्पु यादव, दिपेन्द्र यादव लगायत पत्रकारहरू, समाजसेवी टिका शिवाकोटी, अनिरुद्ध मेहता, देवनारायण यादव, कामेश्वर यादव, श्यामप्रसाद साह, सत्यनारायण मेहता सहित भद्रभलादमी लगायत गाउँको बुद्धिजिविहरुको उपस्थिति रहेको प्रकाशक ममता यादवले जानकारी दिए । कार्यक्रममा साहित्यकार बिमला पोखरेल, पुरुषोत्म घिमिरे, रामशुन्द मेहता, भजनलाल मेहता, जेष्ठ नागरिक समाजका अध्यक्ष नविनचन्द साह, टिका आचार्य, अम्बिका घिमिरे, कान्दा पोखरेल भट्टराई , नेपाली काग्रेंसका इनरुवा सचिव धिरज भट्टराई, अधिवक्ता श्यामिका महतो, अधिकारकर्मी चुन्नी खातुन, रिभा कर्ण , रामलखन मेहता सहितका ६८ जनाको सहभागिता रहेको थियो ।

 

Tags: विभिन्न विद्यामा उत्कृट काम र योगदान गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मानसत्य संसार साप्ताहिकको चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न

Related Posts

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा
FEATURE

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २४ गते, १४:५६ बजे प्रकाशित
0

विराटनगर — किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा यही कात्तिक २५ गते (मंगलबार) कोशी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ।...

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित
FEATURE

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २४ गते, १२:३३ बजे प्रकाशित
0

विराटनगर — प्रदेश राजधानी विराटनगरको तीनपैनीदेखि पुष्पलाल चौकसम्मको मुख्य व्यापारिक सडक अहिले खाल्डोले भरिँदा स्थानीयवासीदेखि सवारी चालकसम्म हैरान भएका छन्।...

विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

२०८२ कार्तिक २३ गते, १५:२८ बजे प्रकाशित
रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

२०८२ कार्तिक २३ गते, १४:५१ बजे प्रकाशित
बजार मूल्य घटेपछि धनकुटाका अकबरे खुर्सानी किसान निराश

बजार मूल्य घटेपछि धनकुटाका अकबरे खुर्सानी किसान निराश

२०८२ कार्तिक २३ गते, १४:०६ बजे प्रकाशित
सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

२०८२ कार्तिक २३ गते, १२:१३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

२०८२ कार्तिक २४ गते, १४:५६ बजे प्रकाशित
विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

२०८२ कार्तिक २४ गते, १२:३३ बजे प्रकाशित
विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

२०८२ कार्तिक २३ गते, १५:२८ बजे प्रकाशित
रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

२०८२ कार्तिक २३ गते, १४:५१ बजे प्रकाशित
बजार मूल्य घटेपछि धनकुटाका अकबरे खुर्सानी किसान निराश

बजार मूल्य घटेपछि धनकुटाका अकबरे खुर्सानी किसान निराश

२०८२ कार्तिक २३ गते, १४:०६ बजे प्रकाशित
सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

२०८२ कार्तिक २३ गते, १२:१३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    715 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist