सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ मा विकास निर्माणका काम तिब्र गतिमा बढीरहेको बताएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष राजेश्वर प्रसाद साहले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
वडाध्यक्ष साहका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं.६ मा कृषि बाटो नभएको कारण किसानहरु वर्षौदेखी तरकारीबाली लगाउन नसकिरहेको कारण अहिले सो वडामा २ वटा विद्युत सहितको पोल र कृषि बाटो बनेपनि स्थानिय किसानहरु उत्साहित बनेको बताए ।
भोक्राह नरसिंह गाउँपालिका वार्ड नं. ६ स्थित रहेको मुसहरी टोल पश्चिम राजाजी दिहवार थान रामानन्द साहको खेत हुदैँ सर्दु जाने ४० फिटको १ हजार मिटरको कृषि बाटो निर्माण भएको छ ।
त्यस्तै उल्टीको साह टोलमा रहेको राजाजी थान देखी बलाह जाने कृषि सडक निर्माण गरिएको र अहिले सयौँ किसान लभान्वीत भएको वडाध्यक्ष साहले बताए ।
यता वार्ड नंं. ६ का वडाबासीका लागि पहिलो पटक सडक कालो पत्रेको काम धमाधम शुरु भएपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।
आर्थिक बर्ष ०७७/०७८ को गाउँ स्तरीय योजना अन्तर्गत वडा नं. ६ को चिरौली चौक देखी दक्षिण पिपल चौक हुँदै वार्ड नं. ७ को भागवत यादवको घर देखी जनता चौक सम्मको सीमा बाटो कालोपत्रेको काम धमाधम भइरहेको वडाध्यक्ष साहको भनाई छ ।
सो सिमा वाटो कालोपत्रेको गर्नको लागि ५ करोड ७७ लाख ८१ हजार १ सय ५८ रुपैयाँ ५ पैसाको लागतमा बाटो निर्माण सुरु भएको भोक्राहा नरसिंह गाउँपालिकाले जनाएको छ ।
बाटो निर्माणको लागि सपना आरके जेभी सुनसरीलाई टेन्डर परेको छ । गाउँपालिका भित्र अहिले सम्मकै लामो बाटो कालो पत्रे हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताएका छन् ।
गाउँपालिको गाउँ स्तरीय योजना अन्तर्गत वडा नं. ४,६ र ७ मा ५ किलो मिटर बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी बिक्की पौद्धार खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादव महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत मेहताको प्रशंसा समेत गरेका छन ।
Discussion about this post