इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा मुसहर सामुदायको जिल्ला भेला समपन्न भएको छ ।
मुसहर सामुदायको भेलाको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गर्दै मुसहर समुदायको जिल्ला भेलालाई सम्बोधन गरेका छन् ।
नगर प्रमुख मेहताले आफु सबै जातजातिको हक अधिकार प्रत्याभूतिको सवालमा कटिवद्ध रहेको बताए । मेहताले सबैको समान पहँुच र सहज जीवनयापनलाई ध्यानमा राखी नगरपालिकाको कार्यालयबाट साथ र सहयोग उपलब्ध गराउँदै आएको बताए ।
उनले नगर भित्र रहेका मुसहरी समुदायको हकमा आवश्यक्ता अनुरुपको सहयोगका प्याकेजहरु संचालनमा ल्याउँदै आएको बताएका छन् ।
नगर प्रमुख मेहताले मुसहरी समुदायका बालबालिकाको शिक्षामा सहज पहुँच सँगै युवा जनशक्तिलाई स्थानीय स्तरमा रोजगारीको ग्यारेण्टी गर्ने गरी योजना अघि बढाएको बताए ।
यता नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय महासचिव रामेश्वर सदाले भेलामा बोल्दै शिक्षा, स्वास्थ्य तथा रोजगार जस्ता हरेक क्षेत्रमा आफ्नो जातिको समान प्रतिनिधित्व हुनु पर्ने बताएका छन् ।
Discussion about this post