इनरुवा । मुलुकमा पहिलो पटक यादव पत्रकारहरुको सामुहिक भेलाबाट पत्रकार समाज गठन भएको छ ।
सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका यादव समुदायका पत्रकारहरुको पहिलो पटक देशमै संगठिन बिस्तार गरेका छन् ।
पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरुको जिल्ला भेलाबाट जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्य यादव पत्रकार समाज गठन गरिएको छ ।
सुनसरीको इटहरी स्थित तालतलैयामा भएको यादव पत्रकारहरुको भेलाले जयकृष्णको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्ष आषिश कुमार यादव, सचिवमा दिपेन्द्र यादव, सह सचिवमा पारसमणी यादव, कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा सन्तोश यादव, प्रमोद यादव, विनायक प्रसाद यादव, सूर्यनारायण यादव, ब्रहमदेव यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गनेश यादव चयन भएका छन् । भेलामा नेपाल पत्रकार महासंघका पूर्ण अध्यक्ष राजेश विद्रोही यादव सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post