अजमल अन्सारी । सुनसरी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुनसरीको १२ औं सधारण सभा शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ३ स्थित एतिहासिक पर्यटकीय स्थल ताल तलैया पार्कमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लक्ष्मण कार्कीको प्रमुख अतिथी र महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्का को अध्यक्षता मा जिल्ला शाखाको १२ औं साधारण सभा सम्पन्नभएको हो ।
साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कार्कीले बर्तमान सरकारले गरेको असबैधानिक कदम बाट सबिधान र सबैधानिक मुल्यमान्यता र त्यसको मर्मलाई बचाई राख्न पत्रकारिता बाहेक अनाबश्यक कुनै पार्टी बिशेष र नेता ब्यक्ति बिशेषको कारिता, ओलिकारिता,दहालकारिता देउवाकारिता र यादव कारितामा नलाग्न पत्रकारिताको मर्म रहेको बताए ।
त्यसतै नेपाल प्रेस युनियनको अध्यक्ष पवन अधिकारीले पत्रकारिताको एतिहासिक पृष्ठभुमिको बारेमा औंल्याउदै सुनसरीमा पत्रकारिताको थालनि र पत्रकारहरुको सुरक्षाको बिषयमा ध्यानाकर्षण गराउदै तथा जिल्लामा क्रियाशिल २ सय ६० जना पत्रकारहरुको दुर्घटना विमा समेत गरिदिएको र पत्रकारहरुको दुर्घटना बिमामा आफ्नो ब्यक्तिगत ६६ हजार रुपैया हालेर सबै सक्रिय पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको अध्यक्ष अधिकारीले जानकारी दिए । कोरोनाका समयमामा पत्रकारहरुको कोरोना बिमा, उपचारमा ५० प्रतिशत छुट गरिदिएको र कोरोनाका समयमा लकडाउनको कारण विभिन्न समस्यासँग जुधिरहेका पत्रकारलाई व्यक्तिगत आफुले सहयोग गरेका छन् ।
आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले भौतिक पुर्वाधार निर्माण, पत्रकारको क्षमता अभिवृद्धि, दुर्घटना बिमा र कोरोना बिमा लगायतका काममा महत्वपुर्ण सफलता हासिँल गरेको जानकारी दिए ।
ताल तलैया स्थितमा १२ औं साधारण सभाको कार्यक्रममा सुनसरीको ५८ जना क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ सुनसरी शाखा सदस्यता प्रदान गरी सबैलाई महासंघमा स्वागत समेत गरेका छन् । नयाँ सदस्यहरुलाइ नेपाल पत्रकार महासंघ सुनसरी शाखाको प्रमुख अमर खड्का केन्द्रिय सदस्य लक्ष्मण कार्की र धरान उपमहानगरपालिकाक मेयर तिलक राइले सम्मान पत्रका साथ अबिर खादा लगाएर स्वागत गरेको थियो ।
Discussion about this post