इनरुवा । पछिल्लो समय इनरुवाका पत्रकार टोमराज मेहताले नेपाल प्रेस युनियन इनरुवा नगर क्षेत्रमा चासो देखाएका छन् ।
नेपाल प्रेस युनियन इनरुवा नगर सभापतिका दावेदार मेहताले आफ्नो फेसबुक स्टाटसमा १० बुँदे घोषणा पत्र जारी गरेका छन् ।
पत्रकार मेहताले फेसबुक स्टाटसमा प्रेस युनियन इनरुवा नगर सभापतिको प्रस्तावित उम्मेदवारको रुपमा चिनाएका छन् ।
प्रस्तावित उम्मेदवार मेहताले फेसबुक स्टाटसमा विभिन्न कार्यहरुको १० बुँदे घोषणापत्र समेत जारी गरेका छन् ।
नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिको सभापति भएपछि इनरुवाका पत्रकारहरुको हकहितका लागि काम गर्ने प्रतिवद्धतासहित आफ्नो फेसबुकमार्फत १० बुँदे घोषणा जारी गरेका हुन् ।
प्रतिक्षण दैनिक तथा सुनसरी अनलाइनका कार्यकारी सम्पादक समेत रहेका मेहताले नेपाल प्रेस युनियन इनरुवा शाखाका सुभापतिका दाबेदारी दिँदै आएका छन् । इनरुवा शाखालाई बिस्तार गर्ने क्रममा मेहता सभापति पदको मुख्य दाबेदार हुन् ।
मेहताले नेपाल प्रेस युनियन इनरुवा नगर सभापति भएपछि सदरमुकाम इनरुवामा कार्यरत रहेका क्रियाशील सबै पत्रकारहरुका लागि सञ्चार सामग्री तथा उपकरण प्रदान गरी व्यावसायिक पत्रकारिताको सन्देश प्रवाह गर्ने, इनरुवाका गरिब तथा पीडित पत्रकार दुई जनालाई दुई महिनाको तलब वितरण गर्ने, इनरुवा लगायत आसपासका पत्रकारहरुलाई राहत उपलब्ध गराउने, रोजगार नपाएका पत्रकारहरुको तथ्याङ्क संकलन गरी रोजगारीको अवसर प्रदान गर्ने, इनरुवाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने, श्रमजीवी पत्रकार ऐन अनुसारको तलबका लागि पहल गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरी सञ्चारमाध्यमका लागि समानुपतिक विज्ञापनका लागि पहल निरन्तर गर्ने, पत्रकारको पेशागत सुरक्षा र व्यावसायिक हितका लागि काम गर्ने र पत्रकारितामा स्वच्छता, निष्पक्षता र तटस्थताको नीतिलाई अम्लबन गरी पत्रकारितालाई समाजको ऐनाको रुपमा स्थापित गराउने प्रतिबद्धता समेत घोषणापत्र मार्फत् व्यक्त गरेका छन् ।
Discussion about this post