इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाको ८ वटै वडामा आज आइतबार देखी अनलाईन प्रविधिबाट काम सुरु भएको बताएको छ ।
गाउँवासीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय आज देखी प्रविधी मैंत्री बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिएका छन् ।
सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले गाउँपालिकाको कार्यालय सहित गाउँपालिका भित्र रहेका ८ वटै वडा कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दार्ता प्रणाली सुदृढीकरण आयोजना तथा अनलाईन अभिमुखिकरण सम्बन्धि तिन दिने तालिम समेत प्रदान गरिएको थियो । गाउँपालिका र वडा कार्यालयलाई प्रविधि मैत्री बनाउने उदेश्यले कर्मचारीहरुलाई तिन दिने तालिम दिई दक्ष बनाएको एम.आइ.एस.अपरेटर तथा घटना दार्ता र समाजिक सुरक्षाका फोकल पर्सन खुश्बु कुमारी साहले जानकारी दिइन् ।
त्यस्तै गाउँपालिकाको दैनिक कार्यमा सहजता, विकास निर्माणलाई प्रभावकारी बनाउन, सेवाग्राहीको काम कार्वाही चुस्त दुरुस्त बनाउन, भएका काम कार्वाहीको नियमनका लागि प्रविधीमैत्री वातावरण आज आइतबार १०ः०० बजे देखी सुरु गरिएको योजना शाखाका योजना सहायक रामचन्द्र यादवले बताए ।
यता अनलाइन प्रविधिबाट पारदर्शी, अभिलेख प्रणाली, सेवा प्रवाहका काम सरल सहज र व्यवस्थित रुपमा गर्न सकिने भएकोले ‘विकास निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।
पछिल्लो समय सुनसरीको विभिन्न स्थानीय तहमा अनलाइन प्रविधिाबाट काम सुरु गरेपछि भोक्राहा नरसिंह गाउँपालिका पनि अनलाइन प्रविधिबाट काम गर्न पछि नपरेको सुचना प्रविधि अधिकृत सन्देश तिमिल्सिनाको भनाई छ ।
गाउँपालिकाको ८ वटै वडा कार्यालयबाट राजस्व संकलन, जिन्सीको कामकाज, योजनाको काम, पञ्जीकरण, वडा कार्यालयबाट विभिन्न किसिमका सिफारिस समेत सफ्टवेयरको माध्यमबाट आज देखी सुरु गरिएको छ ।
Discussion about this post