• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रदेश २ मा ‘बेटी’ बिमा कार्यक्रम किन बन्द भयो ?

२० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २५ गते, १९:२९ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, स्थानीय खबर
24
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम / प्रदेश २ सरकारको अत्यन्त चर्चित ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगतको बेटी बिमा योजना बन्द भएकोछ ।

विमाका लागि बैंकसित भएको सम्झौताको अवधी समाप्त भएपछि बिमा कार्यक्रम रोकिएको छ । गत माघ महिनामा प्रदेश सरकारले विमा कार्यक्रमलाई अभियानको रुपमा अगाडी बढाउँदै २० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा गरिएको थियो ।

प्रदेश सरकारले घोषणा गरे अनुसारको कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ । कार्तिक  देखि जन्मेका छोरीहरुको विमाका लागि दर्ता समेत गरिएको छैन् । त्यसअघि साउनदेखि दर्ता भएका छोरीहरुको खाता खोलेर बैंकमा रकम दाखिला गरिएको छैन् ।

प्रदेश सरकारले बिमाका लागि दर्ता भएका बेटीहरुको खातामा सोझै रकम जम्मा गर्दै आएको थियो । ‘माघ महिनामा बिमाका लागि सञ्चालन गरिएको शिविरमा दर्ता भएका बेटीहरुको बिमाको रकम पठाइसकिएको छैन्’ कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, दर्ता भएको कागजातहरु सबै पालिकामा छ ।उनीहरुको अहिले सबै प्रकृया पुरा भइसकेको छैन् ।

‘हाल सम्म दुई चरणमागरि ७ हजार १ सय २९ जना बेटीको सबै प्रकृया पुरागरि खातामा रकम जम्मा भइसकेको छ’ उनले भनिन्, उनीहरु प्रति बेटी २० वर्षमा ३ लाख रुपैया भुक्तानी पाउने छन् ।

शिविरमा दर्ता भएकाहरुको तथ्यांक प्राप्त भइनसकेको उनले बताइन् । कार्तिक महिनादेखि दर्ताको काम नै रोकिएको उनले जनाइन् । शिविरबाट संकलित २६ हजार बेटीको प्रकृया पुरा नभएको बताउँदै उनले बैंक छनौटको प्रकृयालाइ अगाडी बढाइएको बताइन् ।

‘खाता खोल्ने बैंक छनौटको प्रकृयामा रहेकाले बेटीको दर्ता र रकम पठाउने प्रकृया रोकिएकोछ ’यादवले भनिन्, विमा गर्न रकम प्रयाप्त रहेपनि प्राविधिक समस्याको कारण प्रकृया रोकिएको छ । अब पालिकालाई नै एकमुष्ट रकम उपलब्ध गराउने र त्यहाँबाट नै बैंक खातामा रकम दाखिला हुने प्रकृया थालिने उनले बताइन् ।

‘स्वतःस्फुर्त रुपमा बिमाका लागि दर्ता प्रकृयामा जाने संख्या कम रहेकोछ ’ यादवले भनिन् ,शिविर मार्फत घरदैलोगर्दा संख्या अत्यधिक बढने गरेकोछ । बेटी बिमा- मुद्दती खाता खोल्ने कार्य नरोकिएको उल्लेखगर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गौरवको कार्यक्रम रहेको बताए ।
‘कोरोना भाइरस संक्रमणको समस्याले लकडाउनमा दर्ताको काम रोकिएको थियो’ उनले भने, अब फेरी प्रकृया अगाडी बढाइएकोछ । ल्कडाउनको अवधीमापनि पालिकाले जन्मदर्ताको कार्यलाई निरन्तरता दिएपनि बेटी बिमाको कार्य अगाडी बढेन् ।

प्रभु बैंक सितको सम्झौता रद्द भएको ७ महिना भइसक्दा पनि अर्को बैंकसित सम्झौता गरिएको छैन् । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अत्यन्त महत्वका साथ प्रचारमा ल्याएपनि दुई वर्ष समेत निरन्तरता पाउन सकेको छैन् । २० वर्ष पछि बेटीलाई एकलाख भुक्तानी दिने कार्यक्रमबाट सुरु भएको योजनामा रकम तीन लाख पु¥याइएको छ । तर हाल सम्म ७ हजार बेटीको मात्र बिमा-मुद्दतीमा रकम जम्मा भएकोछ ।
सरकारले बिमा भनेर प्रचार गरेपनि त्यो यथार्थमा मुद्दती खाता रहेको बैंकले जनाएकोछ ।बैंकका अनुसार मुद्दती खातामा रकम जम्मा गरेपछि २० वर्षमा निर्धारित रकम बेटीले भुक्तानी पाउनेछ । तर प्रदेश सरकारले बिमा गरिएको भन्दै प्रचारबाजी गर्दै आएकोछ ।

नेपाल राष्ट्र बैंकमा दर्ता रहेका फाइनान्स कम्पनीहरु मार्फत मुद्दती बचतको कार्य गरे निर्धारित २० वर्षमा बैंकले दिने ब्याज भन्दा बढी रकम फाइनान्स कम्पनीले दिनेछ । बैंक भन्दा फाइनान्स कम्पनीको ब्याजदर बढी भएको र अधिकतम् साढे ५ वर्षमा रकम दोब्बर हुने भएकाले बैंकको भन्दा फाइनान्स कम्पनीबाट बेटीले २० वर्षमा बढी रकम भुक्तानी पाउने छन् ।

– जनकपुर टुडेबाट

Tags: ‘बेटी पढाउप्रदेश सरकारबिमा कार्यक्रम किन बन्दबिमाका लागि दर्ताबेटी बचाउ’ अभियान

Related Posts

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
FEATURE

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
0

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी
FEATURE

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
0

सुनसरी । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयमा छिट्टै नीति टुङ्गोमा पुग्ने बताएका...

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist