• pradeshpoint
  • Pradeshpoint
Wednesday, February 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अयोध्यापुरीका लागि राम-सीताको मूर्ति तयार

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २५ गते, १९:४१ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
50
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ ।

ओली नेतृत्वको नेकपाकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले राम र सीताको मूर्ति तयार भइसकेको जानकारी दिइन् । उनले शनिबार सो क्षेत्रका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति देखाएको बताइन् ।

‘अयोध्यापुरी नेता तथा जनप्रतिनिधिहरु शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्न गएका थियौँ । राम र सीताको मूर्ति बनिसकेर बालुवाटारमा आइसकेको रहेछ’ सांसद् रावलले नेपालखबरसँग भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई मूर्ति देखाउनु भयो । राम र सीताको मूर्ति तयार भइसकेको रहेछ । उहाँले लक्ष्मण र हनुमानको मूर्ति पनि तयार हुने जानकारी गराउनु भएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटार राखिएको मूर्ति को कलाकारले कति रकममा निर्माण गरेका हुन भन्नेबारेमा केही खुलाइएको छैन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही समयमै यसबारे जानकारी दिने बताए ।

‘मूर्तिहरु निर्माण भइरहेका छन् । प्रधानमन्त्रीज्यूले स्थानीय नेता तथा जनप्रतिनिधिहरुलाई मूर्ति देखाउनु भएको हो’, सल्लाहकार थापाले नेपालखबरसँग भने, ‘मूर्ति निर्माणको लागतसहितका विषयको थप जानकारीहरु कार्यक्रममा दिनेछौँ ।’

प्रधानमन्त्री ओलीले माघ १७ गते चितनवमा आयोजित कार्यक्रममा पनि सो कुरा उठाएका थिए । सो क्षेत्रबाट निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय नउठाएको भन्दै ओलीले प्रचण्डको कडा आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत असारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान रामको जन्म ठोरीमा भएको बताएका थिए । उनले रामको जन्मभूमि अयोध्या ठोरीमै भएको दावी गरेका थिए । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतमा भने आलोचना भएको थियो। भारतीयहरुले उत्तरप्रदेश राज्यको अयोध्यामा भएको बताउँदै आएको छन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनालाई आघात गर्नका लागि नदिएको भन्दै बचाऊ गरेको थियो । भारतसँग सीमाको विषयमा तनाव बढीरहेको समयमा प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्तिले झनै समस्या पार्ने विश्लषण त्यस समयमा भएको थियो ।

प्रधानमन्त्री ओलीले साउनको अन्तिम साता स्थानीय तहको प्रतिनिधिहरुलाई भेट्दै सो क्षेत्रको विकासका लागि सरकारले पूर्ण सहयोग हुने बताएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि नगरपालिकाले सो क्षेत्रमा राम मन्दिर निर्माण गर्ने भन्दै जग्गा समेत खोजेको थियो ।

– नेपाल खबर

Tags: अयोध्यापुरीमाराम मन्दिर निर्माण

Related Posts

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
FEATURE

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
0

काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन
FEATURE

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
0

इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव...

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक

२०८२ फाल्गुन ४ गते, ११:५२ बजे प्रकाशित
सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

सर्लाहीमा इन्जिनियर हत्या, नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ४ गते, ११:३७ बजे प्रकाशित
इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

इटहरीका वडाध्यक्ष प्रभात आचार्य एमालेबाट कारबाहीमा, छोरा राष्ट्रिय निर्माण दलमा उम्मेदवार

२०८२ फाल्गुन ४ गते, ११:०६ बजे प्रकाशित
भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

भोजपुर चुनाव: पूर्वमुख्यमन्त्रीहरूको शक्ति परीक्षण

२०८२ फाल्गुन ४ गते, १०:४९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist