• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बढ्दैछ बलात्कारपछि हत्या ४ वर्षमा कति बालिका बलात्कृत, कति मारिए ?

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ २६ गते, १९:२४ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
33
SHARES
Share on FacebookShare on Twitter

बैतडी /  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी -कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो ।

गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी गत बुधबार विद्यालयबाट नफर्किएपछि खोजतलास गर्दा बिहीबार साँझ घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

कंचनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पनि अझै पत्ता लगाउन सकिएको छैन । २०७५ साउन १० गतेको यो घटनालाई लिएर सडकदेखि सदनसम्म बहस र विरोध हुँदा पनि यथार्थ सार्वजनिक हुनसकेको छैन। निर्मलाको हत्या कस्ले गर्‍यो रु अझै रहस्यमय छ। प्रहरी अझै अनुसन्धानमै छ।

२०७४ माघ २२ मा रुपन्देहीस्थित कोटहिमाईमा १२ वर्षीया सरस्वती हरिजनको पनि बलात्कारपछि हत्या भएको थियो। घाँस काट्न गएकी ती बालिकालाई संदिप कुमार धोवी नाम गरेका व्यक्तिले बलात्कार गरी हत्या गरेको रहस्य खुलेको थियो। रुपन्देही प्रहरीले धोवी विरुद्ध जवर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएपछि उनी अहिले कारागारमा जेल जीवन बिताइरहेका छन्।

बालबालिका विरुद्ध हुने मानवताविरोधी अपराधका यी तीन घटना प्रतिनिधिमूलक मात्रै हुन्। नेपाल प्रहरीसँग भएका सम्पूर्ण स्रोतसाधन लगाउँदा पनि निर्मलाको हत्या रहस्यको गुथी अहिलेसम्म बाहिर आउन सकेको छैन। निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि अहिले फेरी भागरथीको बलात्कारपछि हत्या आशंका गरिएको छ। अभियुक्तले प्रमाण नछोडेकाले फेरि पनि यो घटनाको अनुसन्धानमा निर्मला प्रकरण जोडिने संशय छ।

आपराधिक मानसिकताको उपजका रुपमा बढ्दै गएको बलात्कारका घटनाले व्यक्तिको मानव अधिकारको रक्षा हुन सकेको छैन।

आर्थिक वर्ष २०७०र०७१ मा मुलुकभर नौ सय पाँच वटा बलात्कारका घटना भएका थिए। २०७६र०७७ सम्म आईपुग्दा दुई गुणा बढेर दुई हजार एक सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

२०७४ देखि ०७७ सम्म आइपुग्दा सात हजार एक सय ७० वटा बलात्कारका घटना भएको प्रहरी मुख्यालयले जनाएको छ। बलात्कार गरि १७ जना महिला तथा बालबालिकाको हत्या भएको देखिन्छ।

प्रदेशअनुसार विश्लेषण गर्दा प्रदेश १ मै बढी घटना भएको देखिन्छ। उक्त प्रदेशमा २०७४र०७५ मा तीन सय ४८ वटा बलात्कारका घटना भएका थिए। यही प्रदेशमा २०७५र०७६ मा पाँच सय ४८, २०७६र०७७ मा चार सय ८५ र २०७७र०७८ को पुससम्ममा तीन सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रदेश तहमा हेर्दा सुदुरपश्चिम प्रदेशमै बलात्कारका घटना बढेको देखिन्छ। संख्यात्मक रुपमा प्रदेश एकमा धेरै देखिए पनि बढोत्तरी सुदुरमा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार २०७४र०७५ मा सुदुरपश्चिम प्रदेशमा ९३ वटा बलात्कारका घटना भएका थिए। २०७५र०७६ मा आईपुग्दा एक सय ७१, २०७६र०७७ मा दुई सय एक र २०७७र०७८ को पुससम्ममा एक सय २३ वटा बलात्कारका घटना भएको देखिन्छ।

भागरथीको हत्यारा पत्ता लगाउन सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घटनास्थलमा खटिएका छन्। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले घटनास्थलबाट बरामद भएका मोबाईल, भागरथीका साथी र आफन्त, नजिकै चल्ने सार्वजनिक यातायातका चालक लगायतसँग सोधपुछ गर्ने काम भईरहेको बताए। उनले भने,‘ अहिले नै अभियुक्त यही भन्ने किटान भएको छैन। सबै पक्षसँग बुझ्ने काम भईरहेको छ। अनुसन्धानको घेरा साँघुरो हुँदै गएको छ। हामी गम्भीर ढंगले अनुसन्धानमै छौं।’

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँबरले संख्यात्मक रुपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए। उनले भने,‘ २०७४ देखि ७६ सम्म आइपुग्दा बलात्काकार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ। बेलाबेला हुने क्रुर हत्याका घटनामा प्रहरी संवेदनशील छ। उनले निर्मलाको घटनामा प्रहरी अहिले पनि गम्भीर रुपमा अनुसन्धानमै रहेको दावी गरे।

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist