इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा युवाहरुको भेलाले सुशासन अभियान समिति गठन गरेको छ ।
पत्रकार तथा समाजिक अभियनता पवन रौनियारको पहलमा जिल्लाका विभिन्न ठाउँबाट आएका युवाहरुको भेलाले सुशासन अभियान समिति गठन गरेको हो ।
सत्य संसार साप्ताहिक पत्रिका कार्यालयको प्रंगनमा भएको भेलाबाट रिजय रजकको अध्यक्षतामा ११ सदस्य सुशासन अभियान समिति गठन गरिएको हो ।
सुशासन अभियान समितिको उपाध्यक्षमा रोजिता चौधरी, सचिवमा धनन्जय सिंह खबास, सह सचिवमा भगवति चौधरी र कोषाध्यक्षमा नितु चौधरी चयन भएका छन् ।
समितिको सदस्यहरुमा शोभा चौधरी, सुमिन चौधरी, संगिता ऋषिदेव र रिना मेहता चयन भएका छन् ।
समितिको सल्लाहकारमा पत्रकार जयकृष्ण यादव, दिपेन्द्र यादव, टोमराज मेहता र पवन रौनियार रहेका छन् ।
समितिले आफ्नो सकृयता बढाउनका लागि मासिक २ वटा बैठक बस्ने, सुशासन प्रार्दशिता र जवाफदेहिताका लागि सम्बन्धित निकायमा छड्के अनुगमन गर्ने, बाल हिंसा, महिला हिंसा तथा समाजिक विभेद विरुद्ध अभियान चलाउने आफ्नै स्रोत साधनबाट सुशासन प्रवद्धनको विभिन्न कार्य गर्ने, नागरिक अगुवाहरुसँग सुशासन कायम गर्ने विषयमा अन्तरकृया र बहस कार्यक्रम गर्ने गरीब, दलित विपन्न सामुदायको अधिकारका लागि अभियानमुखी कार्यक्रम गर्ने समस्या देखिएको पालिका र वडाहरुमा ज्ञापन पत्र बुझाउने सरोकारवालको ध्यानाकर्षण गराउने सहितको कार्यक्रम गर्ने जनाएको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post