इनरुवा । सुनसरीमा बढेको अप्राधिक घटना नियन्त्रणमा प्रहरीले सकृयता बढाएपछि अप्राधिक प्रवृतिका व्यत्ति पक्राउ हुने क्रम बढेको छ ।
प्रहरीले चोरी तस्करी नियन्त्रण, लागु औषध औसार पसार नियन्त्रण, फरार अभियुक्त पक्राउ लगायतका क्षेत्रमा सकृयता देखाएपछि अप्राधिक प्रवृतिका व्यक्तिहरु पक्राउ पर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ सय ४७ जना पूरुष र २८ जना महिला विभिन्न अप्राधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ । जिल्लाको ६ वटा प्रहरी युनिटबाट अपराध अनुसन्धानको क्रममा ७ सय ७५ जना महिला पुरुषलाई विभिन्न घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको होे ।
साउन देखी हाल सम्म जिल्ला प्रहरी कार्यालय सुनसरीले १२१ वटा मुद्धामा १६१ जना व्यक्तिलाई विभिन्न घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेकोमा ७७ जना धरौटीमा रिहा भएका छन् भने ५० जना अदालतको आदेशमा पूर्पक्षमा गएको छ । त्यसैगरी अपराध अनुसन्धानको क्रममा ६ जना प्रहरी थुनामा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले १८५ थान मुद्धा दार्ता गरेकोमा २२९ जनालाई पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले १९० थान मुद्धा दार्ता गरेकोमा २२९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीले ४३ थान मुद्धा दार्ता गर्दा २८ जनालाई पक्राउ गरिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५३ थान मुद्धा दार्ता गर्दा ११५ जनालाई पत्राउ गरेको छ । उता इलाका प्रहरी कार्यालय दुहवीले ८६ थान मुद्धा दार्ता गरेर ६७ जनालाई पक्राउ गरेको प्रहरी तथ्यांकमा उल्लेख गरेको छ ।
प्रहरीले हालै सार्वजानिक गरेको अर्धवार्षिक प्रगति विवरण तथ्यांक अनुसार जिल्ला भरी ६ सय ७८ थान मुद्धा दार्ता भएकोमा ७४७ पुरुष र २८ जना महिला पक्राउ भएको छ ।
पक्राउ भएका मध्ये ४४९ जना धरौटीमा रिहा भएका छन् भने २३४ जना पुर्पक्षका लागि कारागार झुम्का गएका छन् भने २१ जना प्रहरी थुनामा अनुसन्धानका क्रममा रहेका छन् ।
प्रहरीले सोही अवधिमा ९ लाख ५ हजार रुपैँया राजश्व संकलन गरेको छ । त्यसैगरी प्रहरीले उजुरी छानविन शाखा अन्तरगत १ हजार ३१ वटा निवेदन दार्ता गरेकोमा ६२५ वटा फर्छौट गरेको र ४५३ वटा बाँकी रहेको तथ्यांकमा उल्लेख रहेको छ ।
Discussion about this post