इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ स्थित रहेको काली मन्दिरमा बुधबार देखी नवाह सुरु भएको बताएको छ ।
स्थानिय युवाहरुको सहभागीतामा बुधबार देखी नौँ दिन सम्म हुने नवाह (काली दुर्गा राधे श्याम) का धुन सुरु भएको स्थानिय युवा पंकज यादवले जानकारी दिए ।
स्थानिय यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिका स्थित रहेको काली मन्दिर नेपालकै शक्तिशाली मन्दिरको रुपमा रहेकोले सो मन्दिरमा प्रत्येक वर्ष स्थानियहरुको सहभागीतामा यस वर्ष पनि नवाहको आयोजना गरिएको बताएको छ ।
बुधबार नवाह सुरु हुनुभन्दा अगाडी स्थानीय सुनसरी खोलाबाट १०८ जना कुमारी कन्या सहितका महिलाहरुले कलश यात्रामा सहभागी जनाएका थिए ।
यता सो मन्दिरमा विवाद उत्पन्न भएको स्थानिय सुबोध यादवले बताएका छन् ।
काली मन्दिर समिति हाल सम्म गठन भएको छैन् । मन्दिरमा एक पक्षले बुधबार देखी नवाह सुरु गरिएको छ भने अर्को पक्षले एक महिना पछि नवाह गर्ने जनाएको छ ।
काली मन्दिरमा गत वर्ष १ महिनाको फरकमा २ पटक नवाहको आयोजना गरिएको थियो ।
काली मन्दिरमा नौँ दिन नवाह गर्न कम्तीममा प्रत्येक दिन ४० हजार देखी ७० हजार सम्म खर्च हुने गरेको स्थानीय युवा रामकुमार यादवले जानकारी दिए ।
यादवका जानकारी अनुसार काली मन्दिरमा नवाह प्रत्येक वर्ष दुई पटक हुने गर्छन भने तिहारमा ४ दिने मेला एक पटक मात्र हुने गरेको बताए ।
Discussion about this post