विराटनगर । प्रदेश नं. १ स्थित बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनसँग मर्जरमा जाने भएको छ ।
विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई पनि प्राप्ति गर्ने अन्तिम तयारी गरिरहेको छ । राष्ट्र बैंकले स्वीकृति दिने बित्तिकै बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्नेछ । माघ २७ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३४ अर्ब रुपैयाँ पुग्नेछ । ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ । शाखा संख्या १८८ हुनेछ ।
शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्तिपछि बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने अपेक्षा राखिएको छ ।
Discussion about this post