इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल ल्याएको कपडा नियन्त्रणमा लिएको छ ।
भारतीय बजारबाट चोरी गरी ल्याउदैँ गरेको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको म्याजिक गाडीमा लोड गरिएको अवस्थामा कपडा सहित विराटनगरका कनबिर मुस्ताकिमलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
तीन दिन अगाडी प्रहरीले उक्त गाडीलाई विराटनगर–इटहरी सडक खण्डमा रोकेर राखेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । गाडीमा साडी, कुर्ता–सुरुवाल, ब्लाउज रहेको इप्रका इटहरीका प्रहरी निरीक्षक केशव कटवालले जानकारी दिए । नियन्त्रणमा लिइएको कपडासहित गाडी राजश्व अनुसन्धान कार्यालय इटहरीमा आवश्यक कारवाहीका लागि पठाइएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post