विराटनगर / पूर्व राजपातर्फ प्रदेशस्तरमा समितिहरु थिएनन्। प्रदेश १ मा पनि छैन। कसैले छ भन्छ भने त्यो जालझेल मात्र हो। जालझेलले पार्टी बन्दैन। त्यस्तो काम गर्नु हुँदैन।’ मंगलबार झापाको दमकमा आयोजित कार्यक्रममा जसपाका नेता महेन्द्र यादवले भनेका थिए।
कार्यक्रममा महेन्द्रले प्रदेश १ मा पूर्व समाजवादी पार्टीको समिति नै स्वतः एक मात्र कार्यकारी समिति हुने धारणा राखेका थिए।
जसको चर्को विरोध पूर्वराजपा पक्षका नेताहरुले गरेका छन्।
जसपामा वरियताक्रम घटाइएपछि र केन्द्रीय सदस्यहरुमा थोरै भाग पाएका महेन्द्र यादव पछिल्लो समय उपेन्द्र यादव समूहमा लागेको पूर्वराजपा नेताहरुको भनाई रहेको छ। उनीहरुका अनुसार प्रदेश १ मा महेन्द्र यादवले उपेन्द्र यादव समूहको संगठन विस्तारमा लागेका छन्।
जसको विरोध गर्दै प्रदेश नम्बर १ का पूर्वराजपाका युवा नेताहरुले महेन्द्र यादवमाथि कारवाहीको माग गरेका छन्।
युवा नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै महेन्द्र यादव पदलोलुप्ता र जातिवादमा लागेको आरोप लगाएका छन्।
युवा नेताहरुले महेन्द्र यादवलाई अन्टसन्ट नबोल्न र उनलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
Discussion about this post