जयकृष्ण यादव – इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वार्ड नम्बर ९ बबियाको सरस्वती माविमा सरस्वती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । यस वर्षको श्रीपञ्चमी अथवा सरस्वती पुजा फागुुन ४ गते मंगलबार परेकाले सोही दिन पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरोना कहरले विद्यार्थीहरु घरमा नै लामो समय बस्न बाध्य रहेको र पुजा आएकाले विधार्थीको माग अनुसारको पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालन भएपछि पहिलो पटक विद्यार्थीको माग र सक्रियतामा सरस्वती पुजा हुन लागेको शिक्षक देवकृष्ण यादव बताए ।
सरस्वती पुजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम र सरस्वती पुजा व्यवस्थापन गर्नका लागि सरस्वती पुजा व्यवस्थापन समिति गठन गरिएको छ । आशानन्द यादवको संयोजकत्वमा १३ सदस्य पूजा व्यवस्थापन समिति गठन गरिएको विद्यार्थी रविन्द्र यादवले जानकारी दिए । सदस्यहरुमा गायत्री शर्मा, सवनम मेहता, मनोज यादव, देवेन्द्र यादव, रविन्द्र यादव, मुस्कान शर्मा, रुपक मेहता, काजल यादव, रनिया मण्डल, धिरज यादव, कैसर आलम, अस्मीता शर्मा लगायतका रहेका छन् । मंगबार सरस्वती पुजा हुनका साथै प्रसादी वितरण र सांस्कृतिक कार्यक्रम आयोजना हुने विद्यालयका प्रधानाध्यपक तेजनारायण यादवले बताए । अतिरिक्त क्रियाकलपा अन्तरगत सांस्कृतिक कार्यक्रमा विहान १२ बजे शुरु गरी दिउँसो ३ बजे सकिने कार्यक्रम रहेको शिक्षक यादवले बताए । पुजालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत बनाएको छ ।
Discussion about this post