धरान । धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ । धरान–९ स्थित आचार्य लाईनमा खुलेको उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष रत्न कटुवालले उद्योगको उद्घाटन गरेका थिए ।
उद्घाटन पछि बोल्दै कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभदरमा उपलब्ध गराउने विश्वास लिएको बताए । अहिले दुग्धजन्य पदार्थहरु गुणस्तरिय नहुने जनगुनासो आउने गरेको भन्दै उनले सत्यम डेरी उद्योगले त्यस्ता गुनासोहरुलाई आउने नदिने तर्फ आफुलाई स्थापित गर्ने विश्वास लिएको बताए ।
सत्यम डेरी उद्योगले धरानका आफ्ना उपभोक्तालाई दुधजन्य पदार्थको शुद्धतामा कमजोरी हुन नदिने संकल्प लिएको उद्योगका निर्देशक योगेशबाबु काफ्लेले जानकारी दिए । स्थानीय उत्पादन उपभोक्ताले खोजेजस्तै गरि उपलब्ध गराउने उदेश्य लिएर डेरी उद्योग सञ्चालनमा ल्याएको काफ्लेले बताए । उद्योगका बजार निर्देशक ऋषिराज निरौलाले सत्यम डेरीले उपभोक्ताको माग बमोजिम र्गाइ तथा भैसिको दुध उपलब्ध गराउने बताए ।
‘हामीसँग किसानहरुबाट संकलन गरेर ल्याइएको ताजा दुध र त्यसबाट उत्पादनहुने दही,ध्यु,मोही,पनीर जस्ता उत्पादनहरु छन’ उनले भने ‘यी कुनैपनि उत्पादनमा एकैप्रकारको गुणस्तर रहने छ । निरौलाका अनुसार सत्यम डेरीले कामधेनु दुग्धका ग्राहकहरुलाई पनि सेवा दिने छ ।
हामी कामधेनु दग्धको पनि आधिकारीक विक्रता हौ कामधेनुका उपभोक्तालेपनि हामीबाट सेवा लिन सक्नेछन् । उनले अब धरानमा आफ्नो शाखा विस्तार गर्ने र उपभोक्तालाई गुणस्तरिय बस्तु दिने बताए ।
Discussion about this post