• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

६१ वर्षपछि कोसी अस्पताललाई जग्गा भोगचलनको अधिकार, क्षयरोग निवारण संस्थाको दाबी खारेज

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ४ गते, १९:१५ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
६१ वर्षपछि कोसी अस्पताललाई जग्गा भोगचलनको अधिकार, क्षयरोग निवारण संस्थाको दाबी खारेज
46
SHARES
Share on FacebookShare on Twitter

विराटनगर / उच्च अदालत विराटनगरले कोसी अस्पताल विराटनगरलाई आफ्नै जग्गा
भोगचलनको बाटो खोलिदिएको छ ।

सरकारी स्वामित्वमा रहेको विराटनगरस्थित कोसी अस्पतालको जग्गालाई क्षयरोग निवारण
संस्थाले आफ्नो दाबी गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । अदालतले
रिट खारेज गरेपछि ६१ वर्षपछि अस्पताललाई आफ्नो नाममा रहेको जग्गा भोगचलनको
बाटो खुलको हो ।

न्यायाधीशहरू कृष्णकमल अधिकारी र मिलनकुमार राईको संयुक्त इजलासले संस्थाको
मागदाबी खारेज गरिदिएको छ । अदालतले रिट खारेज गरेपछि कोसी अस्पतालको नयाँ
भवन बनाउने काम अघि बढ्नेछ । यसअघि संस्थाले जग्गामा दाबी गर्दा अस्पतालको नयाँ
भवन बनाउने काम रोकिएको थियो ।

अस्पतालको नाममा रहेको ६ कठ्ठा आठ धुर जग्गा संस्थाले २०१६ सालदेखि प्रयोग
गरिरहेको छ । जग्गाका बारेमा विवाद बढेपछि अदालतमा रिट परेको थियो ।
सङ्घीय सरकारले ६ तले नयाँ भवन निर्माण गर्न बहुवर्षीय योजनाअन्तर्गत चालू आर्थिक
वर्षका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि संस्था र अस्पतालबीचको जग्गा
विवाद बढेको थियो ।

नयाँ संरचना निर्माणका लागि क्षयरोग निवारण संस्थालाई स्थानान्तरण गर्नुपर्ने भन्दै
तत्कालीन मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सङ्गीता मिश्राले छलफल चलाएकी थिइन् ।

संरचना विस्तारका लागि संस्थाको संरचना भत्काउन खोज्दा क्षयरोग संस्थाले अस्पतालविरुद्ध रिट दायर गरेको थियो । कात्तिक २६ गते अदालतले तत्काल काम अघि नबढाउन आदेश जारी गरेपछि अस्पताल विस्तारको काम पनि रोकिएको थियो ।

जग्गा विवादसम्बन्धी मुद्दामा संस्थाले दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै अदालतले जग्गा अस्पतालकै भएको फैसला सुनाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए । उनका अनुसार माघ २६ गते सुनाइएको फैसलाको पूर्ण पाठ मङ्गलबार तयार भएको छ ।

‘संस्थाले आफ्नो भनेर मागदाबी गरेको विवादित जग्गा नेपाल सरकार कोसी अस्पतालकै
स्वामित्वमा रहेको देखिन्छ । निवेदक ९संस्था०को मागबमोजिम उक्त जग्गामा हक स्थापित
हुने देखिएन’ उच्च अदालतको फैसलामा भनिएको छ ।

विराटनगर महानगरपालिकाको अगुवाइमा संस्थालाई स्थानान्तरण गरेर अस्पताल विस्तार
गर्ने निर्णय भएको थियो । तर संस्थाले सो स्थान छाड्न मानेको थिएन ।

मुद्दा अस्पतालले जितिसकेका कारण यसअघि रोकिएको भवनलगायतका संरचना
विस्तारको काम अब अघि बढ्ने जानकारी अस्पताल विकास समितिका सदस्य मुकेश
बुढाथोकीले दिए ।

अदालतको आदेश अनुसार प्रक्रिया पूरा गरेर जग्गा खाली गर्ने विषयमा सबै पक्षसँग
छलफल भइरहेको क्षयरोग निवारण संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए । उच्च अदालतले
आदेश दिए पनि संस्थाका लागि विराटनगर महानगरले भने जग्गा अहिलेसम्म उपलब्ध
नगराएको उनको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष बनेर गत असारबाट महेश भट्टराईको टिम आएपछि
दयनीय अवस्थामा पुगेको सरकारी अस्पतालमा सुधारका प्रयासहरू भएका छन् ।
पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवालाई गुणस्तरीय बनाउने, पुराना र जीर्ण संरचना
भत्काएर भौतिक संरचना विस्तार गर्ने, सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती हटाउने र
अस्पतालको नाममा रहेका जग्गाको रेखदेख एवम् संरक्षण गर्नेलगायतका काम भइरहेको
विकास समिति सदस्य बुढाथोकीले बताए ।

कस्तो बन्छ नयाँ भवन ?

अन्डरग्राउन्ड पार्किङसहित कोसी अस्पतालमा ६ तले भवन बन्नेछ । नयाँ भवनको भुइँ
तल्लामा ४७ बेडको इमर्जेन्सी वार्ड ९आकस्मिक कक्ष० हुनेछ । २० वटा जनरल बेड रहनेछन्
त्यस्तै पहिलो तल्लामा आइसियू, एचडियू, आइसोलेसन र क्याबिन रुम हुनेछन् । दोस्रो
तलामा १२ बेडको डाइलसिससहित अन्य बेड हुनेछन् । तेस्रो तलामा मुटु, न्यूरो, सिसियू
बेडहरू हुनेछन् ।

सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा पाँच बिघा १० कठ्ठा जग्गा
छ ।

जसमध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले एक कठ्ठा १० धुर, देवकोटा
पुस्तकालयले दुई कठ्ठा, रेडक्रस सोसाइटीले एक कठ्ठा १३ धुर प्रयोग गरिरहेका छन् ।

Tags: ६१ वर्षपछिअधिकारकोसी अस्पतालरजग्गा भोगचलन

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist