• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

होटल अनुगमन,इटहरीमा होटल इन टुरिष्ट उत्कृष्ट

इटहरीमा सञ्चालित अधिकांश होटलहरूका भान्सा फोहोर भेटिए

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ५ गते, १७:२२ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
होटल अनुगमन,इटहरीमा होटल इन टुरिष्ट उत्कृष्ट
151
SHARES
Share on FacebookShare on Twitter

इटहरी। प्रदेश १ को व्यापारिक सहर इटहरीमा होटलहरू सफाइका हिसाबमा अझै सुधार हुन सकेका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले गरेको अनुगमनमा इटहरीमा सञ्चालित अधिकांश होटलहरूका भान्सा फोहोर भेटिएको छ ।

कोरोना महामारीपछि पहिलोपटक इटहरीको होटल अनुगमन गर्ने क्रममा अधिकांश होटलको भान्सामा नै समस्या भएको भेटिएको डिभिजन कार्यालयका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । त्यस्ता होटललाई सुधारका लागि निर्देशन दिइएको छ ।

दुई दिनमा इटहरीका १९ वटा होटल तथा रेष्टुरेण्ट अनुगमन गरिएको थियो । त्यसमध्ये न्यू पूर्वाञ्चल होटल र आँपगाछीको बगान होटलको कागजपत्रसमेत फेला नपरेको उनले जानकारी दिए । उनले भने, ‘किचन पनि मापदण्डअनुसार नभएकाले सुधार्ने मौका दिएका छौं ।’

खाद्य स्वच्छताका आधारमा केही होटललाई स्तरीकरण पनि गर्ने काम गरिएको छ । होटल रेष्टुरेण्टको स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम होटल अनुगमन गर्दा केही होटललाई वर्गीकरण गरिएको प्रमुख घिमिरेले बताए ।

‘इटहरीको अति उत्तम होटलमा होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले सञ्चालन गरेको होटल इन टुरिष्ट भेटियो’ प्रमुख घिमिरेले भने, ‘त्योसँगै इटहरीका ८ वटा होटलले ख वर्गको र ८ वटै होटलले ग वर्गको स्टिकर पाएका छन् ।’ घिमिरेका अनुसार अतिउत्तमलाई ‘क’ वर्ग, उत्तमलाई ‘ख’ वर्ग, सन्तोषजनकलाई ‘ग’ वर्ग र सामान्य तथा सुधार गर्नुपर्नेलाई ‘घ’ वर्गमा राखिनेछ ।

इटहरी उपमहागनरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईले निर्देशिकाले तोकेका ५० वटा सूचकमा रहेर होटलहरूको अनुगमन गरेको जानकारी दिए । उनले प्रत्येक सूचकमा दुई नम्बर दिइने र त्यसको आधारमा नै होटल तथा रेष्टुरेण्टको स्तर तोकिने जानकारी दिए ।

‘हामीले विभिन्न ५० वटा सूचकमा रहेर होटलको अनुगमन गरेका छौँ । प्रत्येक सूचकमा हामी दुई–दुई नम्बर दिन्छौँ । जुन होटलको कुल नम्बर ९० भन्दामाथि आउँछ, त्यसलाई हामीले अतिउत्तम अर्थात् ‘क’ वर्गमा राखेका हौं ।’

होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले अनुगमन समय–समयमा हुँदा आफूहरूले पनि सुधार गर्ने मौका पाउने बताए । ‘अनुगमनलाई हामी सकारात्मक रूपमा लिन्छौंँ । पर्यटकहरुलाई आकर्षण गर्न होटलहरूको भान्सासमेत सुधार हुनुपर्ने उनको तर्क छ ।

पर्यटन तथा जिल्ला होटल व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले होटल अनुगमन गर्दा सबै होटलहरूलाई फाइदा पुग्ने बताए । जिल्लाका सबै होटलहरूमा अनुगमन गदै स्तरीकरण हुँदा व्यावसायीहरूले पनि सतर्कता अपनाउने उनको भनाइ थियो ।

Tags: इटहरीमा होटलइन टुरिष्ट उत्कृष्टहोटल अनुगमन

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist