कोकिला भण्डारी – धनकुटा । लागु औषध तथा मदिरा नियन्त्रण र महिला तथा बालबालिका माथि हुने हिंसा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
लागु औषधधरहित जीवन किशोर किशोरीहरूले लागु औषधको बारेमा थाहा पाउनु पर्ने कुराहरू, अभिभावकहरूलाई जानकारी, लागुऔषध नियन्त्रण रणनीति २०६६, लागु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुर्नस्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५, लागु औषध प्रयोगकर्ताहरूको सर्वेक्षण २०७६, तथ्यांकीय लगायतको विषयमा अन्तरक्रियामा छलफल गरिएको थियो । उक्त अन्तरक्रियामा गृह मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले शहजिकरण गर्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अभिभावकको व्यास्तताका कारण बालबालिकालाई समय दिन नसक्दा, लाज सरमका कारण अभिभावकले समयमै यथार्थ कुरा नभनि लुकाउन खोज्दा पनि वालवालिका कुलतमा फस्दै आएकोे उक्त अन्तरक्रियामा बोल्दै परिवर्तन पुर्नस्थापना केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाले बालबालिकालाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक नै सचेत र चनाखो हुनुपर्नेमा जोडदिए ।
लागु औषध नियन्त्रण गर्न प्रदेश सरकार, केन्द्रीय सरकार स्थानिय तह, सरकारि तथा गैह्सरकारि संस्था सबै सँग हातेमालो गर्दै सचेतना मुखि कार्यक्रम गाउँगाउँ सम्म लानु पर्ने, लागु औषध नियन्त्रण व्युरो प्रदेश स्तरिय समिति गठन गर्नुपर्ने सहभागिहरूको माग रहेको छ ।
लागुऔषध नियन्त्रणका लागि छुट्टै बजेटको व्यावस्था गरिनु पर्ने, गाँजा खेतीलाई छुट्टै नियम वनाएर खेति गर्न दिनु पर्ने, गाँजामा ९८ प्रतिशत औषधिय गुण रहेको गाँजा धनकुटा जिल्लामा प्रतिबन्ध लगाएर विदेशि मुलुकबाट खरिद गरिदै आएको बताउदै यस्लाई प्रतिबन्ध लगाउन नहुने शहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राईको भनाई छ ।
गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाको आयोजना एवं जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सातै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, सरकारि कार्यालयका अधिकृत तथा ईन्जिनियर, प्रमुख, शसस्त्र प्रहरी वल धनकुटाका शसस्त्र प्रहरी नायव उपरिक्षक रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरि उपरीक्षक गोविन्द अधिकारी, गृह मन्त्रालयका शाखा अधिकृत किरण चन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post