इनरुवा । स्थानीय तह कर्मचारी युनियन नेपाल सुनसरीको समिति गठन गरिएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा सनिबार सम्पन्न भएको स्थानीय तहका कर्मचारीहरुको भेलाले मो.समिम अंसारीको अध्यक्षतामा ९ सदस्य युनियनको जिल्ला समिति गठन गरिएको हो । उपाध्यक्षमा रमेश स्वर्णकार, महिला उपाध्यक्षतमा सृजना सतरा, सचिवमा देवनारायण लहुटिया, कोषाध्यक्षमा श्यामकुमार साह चयन भएको छ । त्यसैगरी सदस्यहरुमा रुपनारायण मेहता, तुलसी यादव, भोजराज बस्नेत र राजिव कुमार चौधरी चयन भएका छन । सम्पन्न भएको जिल्ला भेला कार्यक्रममा रमेश स्वर्णकार, हरिनगर गाउँपालिकाका लेखापाल रन्जित मेहता र भोजराज बस्नेतले समेत युनियनको आवश्यक र औचित्य बारेमा बोलेको थियो । कार्यक्रममा जिल्लाका १२ पालिकाका स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थित रहेको थियो । कर्मचारीमा निजामती कर्मचारी भन्नेहरुले माग पुरा गर्न अबरोध उत्पन्न गरेको गुनासो समेत वत्ताहरुले गरे । कार्यक्रममा गढीको श्याम कुमार साह, रामदयाल साह, सुरेन्द्र मेहता, हरिनगरका भुवनेश्वर यादव, हरि मेहता, कोशीका देवनारायण लहुटिया, इनरुवाका तुलसि यादव सहितको उपस्थिती रहेको थियो ।
उता सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थानीय तह कर्मचारी युनियनको संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम अन्तर्गत सुनसरी भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै युनियनका महासचिव रामप्रसाद पौडेलले स्थानीय तहका कर्मचारीलाई पेसागत सुरक्षा, पदिय मर्यादा र विभेद अन्त्य गर्न माग गरे । कार्यक्रममा बोल्दै पौडेलले ट्रेड युनियन अधिकार र वृद्धि विकास गर्न सरकारले उपेक्षित गरेको बताए । उनले कर्मचारी बिचमा कुनै पनि हालतमा बिभेद गर्न नहुनेमा जोड दिए । उनले प्रत्येक पालिकाले कर्मचारीलाई दिने सेवा र सुविधा तथा सुरक्षाका लागि आवश्यक कानुन बनाउन जरुरी रहेको बताए । उनले कम्युनिष्ट सरकारले कर्मचारी माथि ठूलो बिभेद गरेकोले त्यसको विरोध गर्दै सेवामा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । उनले युनियन पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व रहेको बताउँदै योग्यता र क्षमता अनुसारको सरुवा, बढुवा, सेवा निवृतलाई उपदान दिनुपर्ने माग गरेका थिए । आफूहरुको घोषणापत्रले काम गर्दै आएका कर्मचारीलाई उमेर हद लागु नहुने व्यवस्था गर्नुपर्ने माग गरेको बताए । इज्जत सहितको पेशागत सुरक्षा हुनुपर्ने बताए । देशमा कार्यरत एक लाख ४५ हजार कर्मचारीको हक अधिकारको ग्यारेन्टी गर्ने प्रतिबद्धता सहित युनियनले काम गरेको जानकारी दिए । कार्यक्रममा विषेश अथिति प्रदेश २ का अध्यक्ष विजयकुमार यादवले संगठन मजबुत बनाउन र कर्मचारी बीचमा रहेको विभेद अन्त्य गर्न माग गरे । युनियनका केन्द्रीय सदस्य कमलेश्र बिराजीले प्रजातान्त्रिक बिचारधारका कर्मचारी संगठन विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको भेला भएकाहरुलाई शुभकामना दिए ।
कार्यक्रममा ४९ जिल्लामा युनियनको विस्तार भएको जानकारी दिएको छ । दुई सय ३८ पालिकामा युनियनको समिति बिस्तार गरेको जनाएको छ ।
Discussion about this post