लौकही । सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरीको सकृयता जति बढेपनि तस्करी रोक्न सकेको छैन् । सीमा क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको वाक्लो उपस्थती रहेको छ तर प्रहरीहरुकै सेटिङ्गमा दैनिक तस्करी हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयले सीमामा सुरक्षा भन्दा तस्करीको लाइनलाई स्कटिङ्ग गर्न प्रहरी सकृय भएपछि तस्करी मौलाएको दाबी गरेका छन् । सीमापारीबाट मोसनरी समान देखी लुगाकपडा सम्म र खाद्ययान्न देखी सिंगार तथा निर्माण सामग्री सम्मको तस्करी भएर नेपाल भित्राउने काम भइरहेको छ भन्ने सीमावारी बाट तेजपात,गाई गौरु, हरियो मटर, सुपाडी, कालो मरिच, इलौची, स्याउ , छाला लगायतका सामग्री तस्करी गरी पारी लाने गरेको छ । यसविचमा कतै सेटिङ्गमा कुरा नमिल्दा मात्रै केही सामग्री पक्राउ गर्ने गरेको रह्ष्य बाहिर आएको छ । शनिबार मात्रै सीमा सुरक्षा सशस्त्र प्रहरी बल लौकहीले लागुु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल लौकही बिओपिका सहायक प्रहरी निरीक्षक निमित्त बिओपि पति टीकासुर राईको कमान्डमा खटिएको गस्ती टोलीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
बिओपि लौकहीका अनुसार इटहरी उपमाहानगरपालिका वडा नं. ६ संगम टोलका २० वर्षिय सुरज चोधरीलाई लागु औषध सहित पक्राउ गरिएको छ ।
पक्राउ परेको चौधरीको साथबाट प्रतिबन्धित लागुओषध नाइट्रोजन टयाबलेट १ सय २ पता १ हजार २० पीस टयाब्लेट ,डाईलक्स डिसि १ सय ग्रामको २ पीस, गाँजा १५०ग्राम , स्पास्मो क्याप्सुल १ पत्ता ,धारिलो हतियार चक्कु १ थान सहित बरामद भएको छ ।
Discussion about this post