देवानगञ्ज । सीमामा सुरक्षा गर्न र नागरिकको शान्ती सुरक्षा गर्ने जिम्मेबारीका साथ बसेका सीमा सुरक्षा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलिभगतमा इन्धनको तस्बरी बढेको छ । सीमावर्ती क्षेत्रका नागरिकहरुलाई सहज, समयमा र सरल इन्धन प्रवाह गर्ने भन्दै सञ्चालन आएको पेट्रोल पम्पबाट सुरक्षाकर्मीको संरक्षणमा भारतीय तस्करहरुलाई अवैध इन्धन बिक्री गर्ने गरेको पाइएको छ । सीमावर्ती देवानगञ्ज गाउँपालिकाको दुई पम्पबाट इन्धनको तस्करी सुरक्षाकर्मीको संरक्षणबाटै बढेको गुनासो स्थानीयहरुले गरेका छन् । सीमापारीको बजारमा भन्दा नेपालको बजारमा सस्तोमा पाइने भइकाले तस्कहरुले पारीबाट वारी आएर बैधानिक बाटो भएर तस्करी गर्ने गरेको छ । भारतबाट नेपाल आएको इन्धन देवानगञ्जको पम्पबाट अवैध रुपमा तस्करी भई भारत गईरहेको गुनासो आएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजारमा रहेको पेट्रोल पम्पहरुमा खुलेआम तस्करलाई विक्री गरेको तर सवंसधारण तथा किसानलाई उपेक्षा गरेकाले सीमावर्ती पम्पबाट इन्धन तस्करीको रहस्य बाहिर आएको छ । खुलेयाम रुपमा सीमावर्ती पम्पबाट इन्धन तस्करी भईरहदा समेत स्थानीय प्रहरी मुखदर्शक बनेको किसानले गुनासो गरेका छन् । देवानगञ्ज बजारमा रहेका भगत आयल सेन्टर र गुप्ता आयल टेड्रसले स्थानीय किसानहरुलाई भन्दा व्यपारीहरुलाई डिजल बेच्ने र उनीहरुले सीमापरी पठाउने गरेको रहस्य बाहिर आएको छ । यहाँका किसानहरुले पम्पमा डिजल भएर पनि नदिएको र तस्करलाई विक्रि गरेको देवानगञ्जका किसान जितु मेहताले गुनासो पोखेका छन् ।
देवानगञ्जमा रहेको दुई वटै पम्पले स्थानीयलाई भन्दा भारतीय व्यपारी र तस्करलाई तेल विक्रि गरेर तस्करी गराएको पाईएको मेहताको भनाई छ । किसानहरुको गुनासो आएपछि नागरिक अभियानको टोली अनुगमनमा पुगदा भगत आयल सेन्टरमा भारतीय व्यापरीलाई दिन राखेको तेलको गायलनहरु फेलापरेको थियो । भगत आलय सेन्टरको संचालक समेत रहेका दिपनारायण भगतले व्यापारीसंग मिली किसानहरुलाई इन्धन नदिई दुख दिरहेको गुनासो समेत सेवाग्राहीबाट आएको थियो । भगतले काग्रेंस निकट नेताको पहँुचमा रहेकोले आफूलाई कोहीकसैले केही गर्न नसक्ने भन्दै किसानहरुलाई हेपदै आएको अर्का स्थानीय किसान रमेश यादवले गुनासो गरे ।
यता गुप्ता आयल र्टेडसको पनि रबैया उस्तै रहेको पाइएको छ । गुप्ता आयल सेन्टरका संचालकले समेत किसानहरुलाई दुख दिने आजभोली भन्दै टार्ने र साझ विहानको समयमा भारतीय तस्करलाई डिजल विक्रि गर्ने काम गरिहरेको छ । विहीबार र शनिबार अनुगमनको क्रममा समेत भारीतय नम्बरको मोटरसाइकलमा दजर्नौ ग्यालन बोकी तेलका लागि लामबध भएको पाइएको थियो ।
प्रहरी प्रशसानको आखाँ अगाडिबाटै तेल तस्करीहरु र स्थानीय प्रशसान मौन हुनुलाई समेत प्रहरीकै संरक्षणमा देवानगञ्जमा तस्करी मौलाएको स्थानीयहरुको दावी रहेको छ ।
यसै विषायामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीसंग बुझदा अहिलेसम्म त्यस्तो गुनासो आफूकहाँ नआएको र आफूले सो विषायमा अनुसन्धान गर्ने प्रतिकृया दिए ।
Discussion about this post