इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रबाट लागुऔषध सहित दुई जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार राज्य अररिया जिल्ला वेल ग्राम पञ्चायत वार्ड नं. ८ वस्ने वर्ष १९ को रबिन्द्र कुमार यादव र सोहि स्थान वस्ने अर्का वर्ष २० को कालिचरण चौपाललाई प्रहरीले पक्राउ गरी अनुशान्धान सुरु गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट अवैध लागुऔषध DIALAX-DC 100ml लेखिएको ८८ बोतल, Spasmo proxyvon plus २४ क्याप्सुल दरको १९ पत्तामा जम्मा ४ सय ५६ थान र Nitrotion-10 लेखिएको ३६ ट्याव्लेट सहित भोक्राह नरसिंह ५ र ६ को नेपाल भारत सिमा नजिकवाट नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ ।
निजहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी प्रकृया वढाईएको छ ।
Discussion about this post