• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन १२ गते, २०:२३ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी
39
SHARES
Share on FacebookShare on Twitter

नवीन ढुंगाना

काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’

भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको शनिबारको अंकबाट उद्धृत अंश हो यो । पत्रिकाले नेपालबाट योजनाबद्ध र सुरक्षा बलकै संलग्नतामा पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको समाचार छापेको छ ।

त्यस्तै, अंग्रेजी भाषाको पत्रिका टाइम्स अफ इन्डियाले नेपालको पर्सा जिल्लासँग जोडिएको भारतको गोर्साहन, चौरादानो लगायत गाउँका यूवा साँझपख नेपालबाट पेट्रोलियम तस्करी गर्ने धन्दामा संलग्न रहेको समाचार शनिबारकै अंकमा प्रकाशित गरेको थियो । टाइम्स अफ इण्डिया लेख्छ– सो इलाकाका युवाले डिजेल र पेट्रोल तस्कारीबाट दैनिक एक हजार भारु कमाउने गरेको स्थानीयले बताएका छन् ।

यसअघि भारतीय टिभी आजतकले नेपाल आयल निगमकै ट्यांकरबाट भारततर्फ पेट्रोलियम तस्करी भएको रिपोर्ट प्रशारण गरेको थियो ।

भारतबाटै बिक्री गरिएको इन्धन नेपालले भारतमा भन्दा सस्तोमा बिक्री गर्दा सीमा क्षेत्रमा दिनहुँ तस्करी बढेको समाचार अहिले भारतीय सञ्चार माध्यमहरुमा छ्यास्छ्यास्ती छ । तस्करीमा दुई पांग्रेका अलवा साना गाढी धेरै प्रयोग भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लखे गरेका छन् । नेपालका पेट्रोल पम्पहरुबाट पानीका बोत्तल, जार र जर्किनमा भरेर समेत पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको समाचारहरुमा उल्लेख छ ।

समाचार अनुसार, सवारी साधनहरुले नेपालका पम्पमा पेट्रोल भरेर सिमा पारी खन्याउने गरेका छन् । बोतल, जार र जर्किनमा बोक्नेहरुले भारतको खुद्रा पसलहरुमै बेच्न राख्ने गरेका छन् । बिहारको अररियादेखि उत्तर प्रदेशको सुनौली र उत्तराखण्डको चम्पावतसम्म पेट्रोलियम तस्करी मौलाएको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतीयहरु संलग्न तस्करी रोक्न नेपाल र भारतका सुुरक्षाकर्मीले पहल नगरेको समाचारहरुमा उल्लेख छ ।

किन हुँदैछ तस्करी ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसंगै संसारभर पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा वृद्धि भएको छ । पेट्रोलियम पदार्थलाई बिलासिताको वस्तुको रुपमा राखेर चर्को कर नीति लिएका मुलुकहरुमा अहिले प्रशोधित तेलको मूल्य बढेको छ । यो मार भारत, नेपालमा पनि परेको छ ।

नेपालतर्फ पेट्रोल प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल ९३ रुपैयाँ छ ।

करको दरका कारण अहिले नेपाल र भारतमा पेट्रोलियम पदार्थको मूल्यमा अन्तर छ । नेपाल आयल निगमको दाबीअनुसार भारत सीमा क्षेत्र रक्सौलमा पेट्रोलको भाउको अन्तर प्रतिलिटरमा ३५ रुपैयाँ २९ पैसा र डिजेल ४१।४३ पैसा ९नेरु० छ ।

यसरी नेपालमा सस्तो पर्दा भारततर्फ तस्करी मौलाएको छ ।

भारतीय सञ्चार माध्यम पोलिसनामाका दअनुसार नेपाल र भारतका राज्य पिच्छे पेट्रोलियम पदार्थको भाउ फरक देखिन्छ । नेपालसँग सीमा जोडिएको बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगालमध्ये बंगालबाहेक सबै राज्यमा नेपालबाट पेट्रोलियम तस्करी भइरहेको छ ।

बिहारमा एक लिटर पेट्रोललाई भारु। ९३।५० र एक लिटर डिजेललाई ८६।८१ भारु पर्छ भने उत्तर प्रदेशमा डिजेललाई ८०।९६ भारु पेट्रोललाई ८८।६३ भारु पर्छ । त्यस्तै, उत्तराखण्डको चम्पावतमा प्रतिलिटर पेट्रोलको भाउ ८९।२४ भारु र डिजेलको ८१।२९ भारु छ । वारी नेपालको कन्चनपुरमा डिजेल ६०।६२ भारु र पेट्रोल ७१।२५ भारुमा पाइन्छ ।

नेपाल–भारत सीमाका मूल भन्सारबाहेकका नाका अहिले पनि बन्द छन् । रुपन्देही र सर्लाहीका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो क्षेत्रबाट इन्धन तस्करी नभएको दाबी अनलाइनखबरसँग गरे । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाभर शसस्त्र प्रहरीको १२ वटा बोर्डर पोष्ट रहेको र तस्करी हुन नदिएको दाबी गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि जिल्लाबाट इन्धन तस्करी हुन नदिएको बताए । ‘नाकाहरुमा हाम्रो कडा गिरानी छ, कतैबाट पनि इन्धन लगायतका तस्करी भएको छैन्’, उनले अनलाइनखबरसँग भने ।

पर्साका प्रजिअ आस्मान तामाङले भने तस्करी नियन्त्रण गर्न सक्दो प्रयास भइरहेको बताए । पर्साको १०४ किलोमिटर सीमा क्षेत्रमा १५ वटा बोर्डर सुरक्षा पोष्ट रहेको र सबैखाले अवान्छित गतिविधि नियन्यणको प्रयास गरिएको उनले बताए ।

‘भारतमा भन्दा नेपालमा पेट्रोल २८ रुपैयाँ ३४ पैसा र डिजेल ३४ रुपैंया ६७ पैसा सस्तो पर्नजाँदा तस्करीको प्रयास भइरहेकै छ’, प्रजिअ तामाङले भने, ‘नियन्त्रणका लागि भारतीय समकक्षीहरुसंग पनि नियमित छलफल भइराखेको छ ।’

मूल्य समान बनाउन सुझाव

केही दिन अघि वीरगन्जमा राजश्व सचिवको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारीहरुले भारतबाट आउने ढुवानी तथा यात्रुबाहक गाडीहरुले तेल भरेर लैजाने क्रमलाई कसै गरेपनि रोक्न नसकिएको ब्रिफिङ गरेका थिए ।

बाराका सिडियो दीपकराज नेपाल सीमासम्मका लागि मात्र पुग्ने तेल हालेर नेपाल आउने भारतीय मालबाहक तथा अन्य गाडिलाई तेल निषेध गर्न नसकिएको बताउँछन् ।

‘नेपालमा महँगो हुँदा भारतमा भर्ने र भारतमा महंगो हुँदा नेपालमा तेल भर्ने चलन पहिल्यैदेखि रहेछ,’ नेपाल भन्छन्, ‘खुल्ला सीमामा त्यसलाई रोक्न नसकिने हुँदा हामीले मूल्य समान बनाएर समस्या समाधान गर्न सुझाव राजश्व सचिवलाई दिएका छौं ।’

नेपाल आयल निगमको पेट्रोलियम ढुवानी गर्ने ट्यांकर नै तस्करीमा संलग्न रहेको फागुन २ गते फेला परेको थियो । त्यो ट्यांकर पक्राउ परेको पाँच दिन पछि निगमले भारतीय सवारी साधनमा तेल भर्ने सिमा तोकेर आफ्ना प्रादेशिक कार्यालयहरुलाई परिपत्र पठाएको थियो ।

निगमले भारतीय ठूला सवारी साधनले एक पटकमा १०० लिटरभन्दा बढी इन्धन भर्न नपाउने र सीमा क्षेत्रका पम्पहरुले जेरिक्यान, ग्यालिन वा ड्रममा तेल नदिने भनेको थियो ।

तस्विर स्रोतः पोलिसनामा

Tags: तस्करीनेपालबाट भारततर्फपदार्थपेट्रोलियममिलोमतोमै

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist