सुरेन्द्र मेहता – इनरुवा । सुनसरीको भोक्रहा गाउँपालिका वार्ड नं. ७ मा रहेको जनता माध्यमिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न र विद्यार्थी टिकाइराख्न दिवा खाजा प्रभावकारी बन्दै गएको छ ।
जनता माध्यमिक विद्यालयका भोक्राहा नरसिंह वार्ड नं. ७ का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बाबुराम साह र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादवको नियमित अनुगमनका कारण दिवा खाजा प्रभावकारी बन्दै गएको विद्यालयका प्रशासकीय सहायक नसिर अंसारीले जानकारी दिए ।
विद्यालयका प्रशासकीय सहायक अंसारीका अनुसार विद्यालयमा नियमित संचालन भइरहेको खाजा कार्यक्रममा कक्षा १ देखी ५ सम्मका १ सय ९५ जना विद्यार्थी सहभागी हुने गरेको बताए ।
उनका भनाई अनुसार दिवा खाजाले विद्यार्थीलाई विद्यालय नियमित आउने वातावरण सिर्जना गरेको बताए । विद्यालय अनुपस्थित हुने गरेका विद्यार्थी पनि दिवा खाजाको कार्यक्रमले विद्यालय आउन थालेको बताए ।
विद्यालयमा दिवा खाजा कार्यक्रम भएसँगै विद्यार्थी नियमित विद्यालय आउने र शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुने विश्वास गरिएको जनता माध्यमिक विद्यालयका प्रधनाध्यापक विन्देशवरी साहले जानकारी दिए ।
कक्षा १ देखी कक्षा ५ सम्म अध्ययनरत साना बालबालिकाले दिउँसोको खाजा आफै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई खाजाको व्यवस्था सम्बन्धित गाउँपालिकाले गरेपछि विद्यार्थीका अभिभावकहरुले पनि विद्यार्थी समयमै स्कूल पठाउने गरेको बताए ।
जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह वार्ड नंं. ७ मा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थिति प्रभावकारी बन्दै गएको छ । दिवा खाजा अभियानले यस सामुदायिक विद्यालयलाई तयारी खाना जङ्कफुड मुक्त बनाउने अभियानलाई सहयोग पुर्याएको विद्यालयका प्रअ साहले जानकारी दिए ।
Discussion about this post