• pradeshpoint
  • Pradeshpoint
Thursday, May 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी प्रहरीको लापरबाही र आर्थिक प्रलोभनमा प्रहरी

रोकिएन सुनसरीमा तस्करी , सेटिङ्गमा प्रहरी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन १९ गते, ११:२५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरी प्रहरीको लापरबाही र आर्थिक प्रलोभनमा प्रहरी
49
SHARES
Share on FacebookShare on Twitter

सुनसरी – छिमेकी भारतसँग खुल्ला सिमा जोडिएको तराईको उच्च सुरक्षा संवेदनशीलता रहेको सुनसरीमा तस्करीका घटना रोकिएको छैन । भारतसँग खुल्ला सिमा जोडिएको सुनसरीबाट पेट्रोलियम पदार्थको तस्करी भारततर्फ हुनेक्रम रोकिएको छैन ।

नेपालमा महिनामै ४ पटक डिजल र पेट्रोलको भाउ वृद्धि भएर उपभोक्ता चर्को मूल्य तिर्न बाध्य हुँदा समेत सुनसरीको भारतसँग सिमा जोडिएका पेट्रोल पम्पहरुमा आवश्यक परिमाणमा डिजल पेट्रोल नपाईने गुनासो स्थानीयको छ ।

पछिल्ला केही महिना यता सुनसरी प्रहरीको लापरबाही र आर्थिक प्रलोभनमा प्रहरी लागेका कारण पेट्रोलियम पदार्थ मात्र नभई केराउ,कपडा तथा अन्य उपभोग्य सामाग्रीहरुको समेत तस्करी बढेको देवानगंजका स्थानीय बासिन्दा माहिर हुसेन बताउछन ।

खुल्ला सिमा जोडिएको सुनसरीमा प्रहरीसँगको मिलेमतो बिना डिजल पेट्रोल भारत निकासी असंभव भएको हरिनगरा निवासी पंकज गुप्ताको दाबी छ । आयल निगमबाट दैनिक इन्धन खरिद गरेर ल्याउने तर पम्प बन्द रहनुको अर्थ प्रहरीसँगकै मिलेमतोमा भएको तस्करी हो गुप्ताले भने ।

यसअघि पनि सुनसरीका विभिन्न नाका हुँदै सुनसरी प्रहरीकै मिलेमतोमा खुल्ला सिमा रहेको भारतबाट दैनिक उपभोग्य सामाग्री भन्सार छलेर तस्करी हुने गरेको र सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा कमाउ धन्दामा लागेको भनी उनीमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले छुट्टाछुट्टै छानबीन समिति गठन गरेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा दिनहुुँ पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको र भारतीय आयल कर्पोरेसनबाट समेत बढेको मुल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेकाले घाटा कम गर्न मूल्य बढाउनुपरेको तर्क नेपाल आयल निगमले गर्दै आएको छ ।

भारत सरकारले नेपालमा बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थमा अनुदान दिएकाले भारतिय बजारमा भन्दा नेपाली बजारमा डिजल पेट्रोल सस्तो भएकाले तस्करी बढ्ने गरेको छ ।

केही महिनायता सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आफ्ना घुमुवा प्रहरी प्रयोग गरि आर्थिक चलखेल गरेको भन्दै समाचार प्रकाशित भए पनि एसपी थापाले भने उक्त आरोपको खण्डन गर्दै आएका थिए ।

तर नेपाल सरकारका पुर्व सचिव भीम उपाध्याय समेतले दिनदहाडै सुनसरीबाट भारततर्फ डिजल पेट्रोल चोरीनिकासी हुँदै गरेको तस्बिर नै सामाजिक संजाल फेसबुकमा प्रकाशित गरेपछि सुनसरीबाट मिलेमतोमै व्यापक चोरी तस्करी बढ्ने गरेको तथ्य प्रमाणित भएको छ ।

पछिल्लो समय सुनसरीबाट भारततर्फ चोरी तस्करी बढेको बिषयमा प्रतिक्रिया लिदा प्रदेश नं १ का प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले सिमाक्षेत्रमा हुने चोरीनिकाशीका घटनाका विषयमा आफु गम्भीर भएको र तस्करी नियन्त्रणका लागी कडा कदम चाल्ने प्रतिक्रिया दिए ।

किन हुन्छ इन्धनको भारततर्फ तस्करी

नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्दा भारत सरकारले राजस्व छुट दिएका कारण भारतमा भन्दा नेपालमा डिजल पेट्रोलको मूल्य कम भएका कारण भारतीय सिमा क्षेत्रमा नेपालबाट इन्धन तस्करी हुने गरेको छ ।

प्रहरी प्रशासन सँगको मिलेमतोमा तस्करी मौलाउदा नेपाली उपभोक्ता भने आवश्यकता बमोजिम इन्धन नपाएर मर्कामा छन । खुलेआम ड्राम तथा जर्किनमा भरेर नेपालबाट भारततर्फ इन्धन लैजादा समेत तस्करीमा संलग्न व्यक्ती तथा इन्धन पक्राउ नपर्नु र सिमाक्षेत्रका पेट्रोल पम्पले माग बमोजिम इन्धन नदिनुले व्यापक तस्करी रहेको पुष्टि हुन्छ ।

राजस्वमा गिरावट,राज्यलाई करोडौ राजस्व घाटा

खुल्ला सिमा रहेका जिल्लाबाट दैनिक उपभोग्य बस्तु भन्सार छलेर ल्याउदा सरकारलाई राजस्वमा समेत नोक्सान हुने गरेको छ । चोरी निकाशी गरि दैनिक उपभोग्य सामानको बिगबिगीले बैधानिक रुपमा भन्सार तिरेर व्यापार व्यवसाय गर्ने व्यापारी समेत मर्कामा पर्ने गरेका छन ।

Tags: आर्थिक प्रलोभनतस्करीप्रहरीप्रहरीको लापरबाहीरोकिएन सुनसरीमासेटिङ्गमा प्रहरी

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist