इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका शनिबार नवौँ गाउँसभा भव्यताका साथ समपन्न भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा गाउँसभा भव्यताका साथ समपन्न हो ।
गाउँ सभाबाट स्थानिय आवश्यकताको अधारमा केही कार्यक्रमहरुलाई संशोधन गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को श्रावन महिना देखी २१ गते सम्मको आय व्याय विवरण र बजेट नीति तथा कार्यक्रम गाउँसभामा सार्वजानिक गरेको थियो ।
आर्थिक वर्ष २०७७-०७८ मा गाउँपालिकालाई प्राप्त भएको संघिय तथा प्रदेश बजेटको आकार र हाल सम्म गरेको खर्च विवरण सहित समिक्षा गरेर शनिबार गाउँसभा समपन्न गरेको हो ।
चालु आर्थिक वर्षको कुल ४५ करोड ९५ लाख ९८ हजार ५ सय ५५ रुपैयाँ अख्यिारी प्रदान गरेकोेमा गाउँपालिकाको संचित कोषमा नेपाल सरकारकोृ वित्तिय समानिकरणको रुपमा १२ करोड ९४ लाख रहेकोमा तेश्रो चौमासिक सम्म ९ करोड ५५ लाख ५० हजार मात्रै प्राप्त भएको छ भने बाँकी ३ करोड १८ लाख ५० हजार प्राप्त हुन् बाँकी रहेको गाउँसभामा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आठौँ सभामा ससर्त अनुदानमा १५ करोड ७५ लाख रुपैँया अनुमान गरिएकोमा विभिन्न समयमा १ करोड ९ लाख २८ हजार थप गरी कुल १७ करोड ८४ लाख २८ हजार रुपैँया मध्ये तेश्रो चौमासिक सम्म ११ करोड ७७ लाख ८२ हजार रुपैँया प्राप्त गरेको अरु बाँकी रहेको जनाएको छ ।
यता सभामा प्रस्तुत गरेकोे प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा ८ वटा वडामा पालिकाको २० वटा सहित ६५ वटा योजनाहरु र ३ वटा क्रमागत सहित ६८ वटा योजना रहेकोमा ११ वटा योजनाहरु ठेक्का प्रक्रियामा गई कार्यान्वयनको प्रकृयामा छ भने ३१ वटा उपभोत्ता समिति गठन भई ६ वटाले काम समेत समपन्न गरिसकेको बताए ।
वटा अन्तर्गत रहेको १४ वटा योजनाहरु सम्झौताको प्रकृयामा रहेको छ भने गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र अह्वान गरि केही दिनमा सम्झौता हुने भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
Discussion about this post