इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा १११ औं अन्तराष्ट्रिय नारी दिवशको अवसरमा वक्तृत्वक कला प्रतियोगिता सम्पन्न भएको छ । महिलाको सुरक्षा ,सम्मान र रोजगार,समृद्ध नेपालको आधार भन्ने विषयमा सम्पन्न भएको वकतृत्वकला प्रतियोगितामा उत्कृष्ट बोल्नेहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा दिवशको अवसरमा सम्पन्न भएको कार्यक्रममा शारदा मावि ढोककी सुलेना पौडेल प्रथम, रुपेश मेहता द्धितिय, जनता माविकी प्रीयकां साह तृतिय र सुनिल साह तथा सुनिल मण्डल सान्वना भएका छन् । उनीहरुलाई पुरस्कार समेत प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिए । पालिकाले प्रथम, द्धितिय, तृतिय र सान्वनालाई क्रमशः ३०००,२०००,१००० र पाँच सय रुपैयाँ नगद तथा प्रमाण वितरण गरिएको मेहताले बताए ।
Discussion about this post