इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नेपाल विद्यार्थी संघ इकाई समितिले बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले शैक्षिक क्षेत्रको अमुल रुपान्तरका लागि निरन्तर संघर्षरत्त रहेको संघका नेतृत्वकर्ता सेराज हुसैनले जानकारी दिए ।
विद्यार्थी संघ हुसैनका अनुसार सुनसरी बहुमुखी क्याम्पस इनरुवालाई दुई बुंदे माग सहित ज्ञापन पत्र बुझाएको बताए ।
उनले भने कोरोना भाइरस रोगको संक्रमणबाट आक्रान्त भएको बेला रोगबाट बाच्नको लागि कोही पनि घरबाट बाहिर निस्कन नपाउने गरी बन्दाबन्दी भएको बेला अहिले विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर बनेको बताए ।
विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएको अवस्थामा क्याम्पसले स्नातक तह प्रथम वर्षको भर्ना शुल्क बढाएर ५ हजार र मासिक शुल्क १ हजार गरेको निर्णाय फिर्ता लिन विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको हो ।
Discussion about this post