इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा न. ३ गौतमपुर स्थित श्री जनता माध्यमिक विद्यालयमा २ तल्ले भवन निर्माणको शिलान्यास गरिएको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेको हो ।
विद्यालयमा भौतिक संरचनाको अभावका कारण विद्यार्थी वालबालिकाहरुले दैनिक रुपमा समस्या झल्दैँ आइरहेका कारण हरिनगर गाउँपालिकाका अध्यक्ष अंसारीले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे ।
गाउँपालिका अध्यक्ष अंसारीले गौतमपुर स्थित श्री जनता माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास कार्यक्रममा बोल्दैँ विद्यार्थी वालबालिकाको विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको लापारबाही नगर्न विद्यालयका प्रद्यानाध्यापकलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत, शिक्षा अधिकृत गुणराज ढकाल , हरिनगर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अरविन्द मेहता , वडा सदस्य शिवनारायण मेहता , बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक, अभिभावक संघका पदाधिकारीहरु समाजसेवी लगायत बुद्धिजीवी व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।
Discussion about this post