इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको प्रशासनिक भवनको बिहीबार एक कार्यक्रमको बीच सुकसेना शाखा नहर देखी उत्तर शिलान्यास गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका चिरौली , सुनसरीको अत्याधुनिक डिजाइनको प्रशासनिक भवन निर्माण गर्नका लागि बिहीबार शिवरात्रीको अवसर पारेर भवनको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र चिरौली चौकमा ६ करोड १५ लाखको लागतमा जिल्लामा नै नयाँ डिजाइनको भवन निर्माणको थालनी गरेको हो । सम्झौताको मिति देखी १८ महिना भित्रमा सम्पन्न गर्ने गरी भवन निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका स्थानिय खगेन्द्र श्रेष्ठको नाममा रहेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ स्थित सुकसेना शाखा नहर देखी उत्तर रहेको जग्गाबाट गाउँपालिका भवन निर्माणका लागि ६ कट्ठा ६ धुर जग्गा निःशुल्क ५ कठ्ठा जग्गा खरिद गरि भवन निर्माण गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिइन् ।
यता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न इटहरी उपमहानगरपालीकाका जग्गा दाताले ६ कट्ठा ६ धुर जग्गा निःशुल्क दिएपछि गाउँपालिका भवन निर्माण गर्न थप ५ कठ्ठा जग्गा खरिद गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाबासीहरुलाई पायक पर्ने ठाउँमा प्रशासनीक भवनको शिलान्यास गरिएकोमा भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाका स्थानियहरु खुशी भएका छन् ।
यसैबिच गाउँपालिकाको बिहीबार शिवरात्रीको दिन शिलान्यास गरिएको आधुनिक डिजाइनको प्रशासनिक भवन , अपांगमैत्री, स्तरीय कोठा, स्टोर कोठा, सेवाग्राहीहरुको लागि प्रतिक्षालय, शौचालय, क्यान्टिन र पार्किङ्ग सहितको ३ तल्ले भवन निर्माण सम्झौता भएको १८ महिना भित्र निर्माण कार्य सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।
प्रशासनिक भवन निर्माण गर्न गाउँपालिकाको वजेट मार्फत सुरु गरिएको छ । भने सम्झौता मिति देखी १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी अशिर्वाद निर्माण सेवा, उदयपुरले भवन निर्माणको जिम्मेवारी लिएको छ । गाउँपालिकाको आफ्नै भवन नहुदाँ गाउँपालिकाले अहिले भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।
सो शिलान्यास कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका स्थानिय राजनीतिकर्मी, समाजसेवी, जनप्रतिनिधि, युवा, विद्यार्थी, कर्मचारी लगायतका व्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
Discussion about this post