इनरुवा । सुनसरीको रामधुनी नगरपालिका १ झुम्कामा बालबालिकाका लागि ४ दिने उदघोषण तथा वाक कला सम्बन्धि तालिम सम्पन्न भएको छ । शुभयुग मिडिया प्रालि रामधुनीको आयोजना तथा रामधुनी १ वडा कार्यालयको सहयोगमा उद्घोषण तालिम संचालन भएको हो । तालिममा वडाका ३५ जना बालबालिकाको सहभागीता रहेको थियो ।
आयोजक सस्थाका अध्यक्ष शिशिर भट्टराईले बालबालिकाको क्षमता अभिबृद्धी तथा बोल्ने कला सिकाउने उदेश्यले तालिम दिएको बताए । तालीममा सहजकर्ता पत्रकार जयकृष्ण यादव, सुनिलकुमार चौधरी र धिरेन्द्र चौधरीले प्रशिक्षण दिएको थियो । तालिमको समापन प्रमुख अथिति रामधुनी १ का वडा अध्यक्ष महेश चौधरीले गरेको थियो ।
Discussion about this post