इनरुवा । सुनसरीमा कोरोना काममा ठप्प बनेको धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रमले गति लिन थालेको छ । गएको वर्ष कोरोना भाइरसको कारण एक वर्ष देखी बन्द रहेका धार्मिक तथा मनोरञ्जनात्क र साँस्कृतीक कार्यक्रमहरुले गति लिन थालेको हो ।
गत वर्षको चैत्र ११ गते देखी झण्डै ६ महिनासम्म बन्दा बन्दीका कारण प्रायः ठप्प रहेको स्थानीय तहको सामाजिक धार्मिक तथा मनोरञ्जनात्क र साँस्कृतीक कार्यक्रमहरुले केही महिना यता गति लिन थालेका छन् ।
धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु गत वर्षको चैते दशैँ र छठ पर्व सहितको कार्यक्रमहरु र नयाँ वर्षको सिरुवा देखी कात्तिक मंसिरको दशैँ र तिहार सम्म वन्द प्राय रहेकोमा हाल आएर रोकिएका कार्यक्रमहरु सुरु भएका हुन् ।
हिन्दु समुदायमा प्रायः सामुहिक तथा व्यक्तिगत रुपमा गरिने धार्मिक तथा मनोरञ्जनात्क र साँस्कृतीक कार्यक्रमहरु रोकिएकोमा माघि पर्व देखी सुरु भएको हो ।
अहिले पनि दैनिक जसौँ गाउँ गाउँमा मठ मन्दिर तथा धार्मिक स्थल र व्यक्तिहरुले आफ्नो घरमा भागवत पुरान देखी अष्टयाम सम्मको कार्यलाई निरन्तरता दिएका छन् । गतवर्ष भाकल गरेकाहरुले समेत कार्यक्रमहरु गर्न नपाएकाले त्यसलाई निरन्तरता दिन यसपाली धार्मिक कार्यक्रमहरु वाक्लो रुपमा गर्न थालेको स्थानीय बलराम यादवले बताए । यादवका अनुसार गाउँघरमा विगतको त्रासलाई विर्षन मौलिक तथा शास्त्रीय नृत्य सहितको धार्मिक अनुष्ठानको कार्यक्रमहरु गर्न थालेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ स्थित काली मन्दिरमा नौँ दिने नवाह धार्मिक कार्यक्रम सम्पन्न भएको छ भने हालैँ मात्रै गढी गाउँपालिकामा समेत एक हप्ते शिव पुरान कार्यक्रम सम्पन्न भएको छ ।
उता शास्त्रीय नृत्यमा आधारित २४ घण्टे अष्टयाम कार्यक्रममा स्थानीय कालाकारहरुले आफ्नो काला प्रस्तुत सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । आफ्नो काला साँस्कृतिक र सँस्कारसँग जोडिएको शास्त्रीय नृत्यहरु प्रस्तुत गरेका थिए । सतयुग र द्धापर युगका देवी देवताका प्रतिकको रुपमा उनीहरुकै पोशाकमा सजिएर अभिनय सहितको कार्यक्रम दुहवी नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा शिव, पार्वती, राम, सीता, हनुमान, राधा, कृष्णा लगायतका देवी देवता बनेर काला प्रस्तुत गरेका थिए ।
Discussion about this post