इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाली काँग्रेसका नेताहरुको समुह डेलिगेशन गएको छ । नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोईराला नेतृत्वको टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई भेटी सुनसरी प्रहरीको ज्यादतीको बिरोधमा ध्यानाकर्षण गराएको हो ।
गत पुष २७ गते सुनसरीका एसपी कमल थापाको ठाडो निर्देशनमा झगडा मिलाउन गएका बराहक्षेत्र नगरपालिका १ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय परिसरमा बिनाकारण ६ घण्टा नियन्त्रणमा लिएपछि क्रुद्ध बनेको नेपाली काँग्रेस सुनसरीले आज प्रमुख जिल्ला अधिकारीलाई भेटेर आपत्ति जनाएको हो ।
हिजो मात्र नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठकले सुनसरी प्रहरी प्रशासनले बिना कारण निर्दोष काँग्रेसका नेता कार्याकर्तालाई नियन्त्रणमा लिने, झुठा आरोपमा फसाउन खोज्ने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
काँग्रेसका सुनसरी सभापति राजिव कोईराला नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई सुनसरी प्रहरीको पछिल्ला ज्यादतीका बिरुद्धमा ध्यानाकर्षण गराउदै कानुनी राज्य र विधिको शासन विपरित प्रशासनबाट हुने कुनै पनि रवैया काँग्रेसलाई मान्य नहुने चेतावनी दिएको पुष्टि नेपालीकाँग्रेस सुनसरीका सचिव केदार भण्डारीले गरे ।
सञ्चारपाटी डट कम सँगको कुराकानीमा जिल्ला सचिव भण्डारीले काँग्रेस विधिको शासन मान्ने र लोकतन्त्रमा विश्वास गर्ने पाटी भएको र पछिल्लो समय सुनसरी प्रहरीले काँग्रेसका नेता कार्याकर्ताहरुलाई अनावश्यक दुख दिने,नियन्त्रणमा लिने र झुठा मुद्धामा फसाउन खोज्ने षड्यन्त्रका बिरुद्ध प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
सचिव भण्डारीले नेपालबाट निरंकुशताको समुल अन्त्य गर्ने काँग्रेस प्रशासनका अबैधानिक रबैया बिरुद्ध नडराउने र यस्तै रबैया कायम रहीरहे काँग्रेस चुपलागेर नबस्ने उद्धोष गरे ।
नेपाली काँग्रेसको प्रतिनिधिमण्डल सँगको भेटमा प्रमुख जिल्लाअधिकारी ढकालले आफु भर्खरै सुनसरी आएर कार्यभार सम्हालेकाले यस विषयमा बुझेर अघि बढ्ने प्रतिक्रिया दिएको जानकारी नेपाली काँग्रेस सुनसरीका सह–सचिव नगेशचन्द्र राईले जानकारी दिए ।
सुनसरी सरुवाभएर आएदेखि नै आर्थिक चलखेल तथा लेनदेनको आरोप लागि विवादित बनेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश प्रहरी कार्यालयको छानबीनमा परेका सुनसरीका एसपीकमल थापाको रबैयाका बिरुद्ध पहिलो पटक काँग्रेसले संस्थागत रुपमा निर्णय गर्दै प्रमुख जिल्ला अधिकारीलाई सजग गराएको हो ।
Discussion about this post