विराटनगर । नेपालबाट भारततर्फ मदिरा चोरी निकासी गर्दै आएको समूहका एकजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले मोरङको जहदा गााउँपालिका–१ बाट भारत मदियारीका शिवलाल रायलाई ठूलो परिमाणको मदिरासहित नियन्त्रणमा लिइएको हो ।
रायले स्थानीय रमेश यादवको घरमा कोठा भाडामा लिएर मदिरा भण्डारण गर्ने र मौका परेको समयमा भारततर्फ लैजाने गरेको प्रहरीको दावी छ । प्रहरीले मदिरा ओसारपसारमा संलग्न सवारी समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले उमंग लेखिएका ५७ कार्टुन, पलपल लेखिएको ४० कार्टुन, सोफीका लेखिएको ३७ कार्टुन, हरपल लिएको १५२ कार्टुन र केहि नलेखिएको १९९५ बोतल मदिरा बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले डब्लुबी–२०–जेड–१०८७ नम्बर प्लेटको भारतीय कार, एनआर–४०–बी–८०४२ नम्बरको डिस्कभर मोटरसाइकल, बीआर–३८–डब्लु–६९१८ नम्बरको पल्सर मोटरसाइकल, को २९ प ८१९१ नम्बर र को १ प ३९०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रवक्ता राईले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...









Discussion about this post