• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विराट गोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि शहीद रंगशालामा हुने

रात्रीकालिन फुटबल प्रतियोगितामा दश टिमलाई सहभागी गराउँदै

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ५ गते, १७:०६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, खेल पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
33
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिकामा आयोजना गरिने छैटौं संस्करणको विराटगोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा दश टिमलाई सहभागी गराउँदै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो ।

गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहका अनुसार नेपाल, भारत र क्यामरुनका दश टिमलाई सहभागी हुनेछन् । आयोजक विराट गोल्डकप फुटबल टुर्नामेन्ट–२०७७ समितिले प्रतियोगितामा सहभागी १४ टिमलाई सूचीमा राखेको संयोजक शाहले जानकारी दिए ।

प्रतियोगितामा भारतको पंजाब पुलिस पंजाव, झारखण्ड टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशनलाई पहिलो पटक फुटबल खेल खेल्नका लागि भित्र्याइने भएको छ । नेपालको मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, संकटा क्लव, राष्ट्रिय लिन विजेता टिम मच्छिन्द्र क्लव, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ सहभागी हुने संयोजक साहले पत्रकार सम्मेलनमा जानकारी दिए । स्थानीय टिम विराटनगर–११ लाई विराटनगर महानगरपालिकाले प्रायोजन गर्ने भएको छ ।

एक करोड २५ लाख रुपिँया लागत अनुमान गरिएको प्रतियोगिताको तयारी ७५ प्रतिशत सकिएको आयोजक समितिले दावी गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा रमपम चाउचाउ र मारुती सिमेन्ट रहेका छन् । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेका छन् । उपाधी विजेतालाई १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार नगद पुरस्कारसहित कप तथा शिल्ड पाउने छ ।

संयोजक शाहका अनुसार म्यान अफ द म्याचलाई १५ हजार नगदै र सर्वोकृष्ट प्रशिक्षक, गोलकिपर, मिल्ड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डलाई जनही २५–२५ हजार राशीको पुरस्कार प्रदान गरिने संयोजक शाहले जानकारी दिए । त्यस बाहेक प्रतियोगितामा सहभागी सबै टिमले नगद प्रोत्साहन रकम समेत प्राप्त गर्नेछन् ।
विराटनगरमा २०१८ सालदेखि उद्योगी–व्यवसायी र समाजका खेलप्रेमीको सहभागितामा ‘श्री ५ महेन्द्र गोल्डकप’ सुरु भएको थियो । राजनीतिक परिवर्तनले देशमा राज्यव्यवस्था फेरिएसँगै महेन्द्र गोल्डकपले २०६७ सालमा विराट गोल्डकपको स्वरूप पाएको थियो । स्वरुप फेरिएको विराट गोल्डकपको पहिलो संस्करण २०६९ सालमा भएको थियो । २०७० मा दोस्रो, २०७१ मा तेस्रो, २०७२ मा चौंथो संस्करण भएको थियो । २०७३ मा हुने पाँचौं संस्करण नभएपछि २०७४ मा पाँचौं संस्करण भएको थियो । त्यसपछि २०७५ र २०७६ मा विराट गोल्डकप प्रतियोगिता आयोजना भएको थिएन । मैदान स्तरोन्नती र कोरोनाका कारण रोकिएको गोल्डकप आवश्यक पूर्वाधार सम्पन्नसँगै यो वर्ष हुने भएको हो ।

Tags: दश टिमलाईरात्रीकालिन फुटबलविराट गोल्ड कपशहीद रंगशालामा हुनेसहभागी गराउँदै

Related Posts

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”
FEATURE

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।...

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
0

काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मत बदर हुने समस्या न्यूनीकरण गर्न निर्वाचन आयोग सक्रिय बनेको छ। मतदातालाई सचेत बनाउने...

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist