इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बाल समूहको बैठक समपन्न भएको छ । मानव अधिकार समूह भोक्राहा नरसिंह र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा जनता मावि भोक्राहा नरसिंह ३ फुलचौकमा बाल अधिकार चेतना समूहको मासिक बैठक समपन्न भएको हो । समुहका अध्यक्ष निरो कुमारी मण्डलको अध्यक्षतामा बसेको बालअधिकार चेतना समूहको पुर्न गठन यही महिना भित्र गर्ने र अक्तिरिक्त कृयाकलाप अन्तरगत चैत्र १३ गते वक्तृत्वकाला प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
बाल समूहले विद्यालयमा नियमित पठन पाठनसँगै अक्तिरिक्त कृयाकलाप, सरसफाई र वृक्षारोपन सम्मको कार्यक्रम गर्दै आएको बेला वक्तृत्वकाला प्रतियोगिता समेत गर्ने निर्णय गर्ने समुहका सचिव रविन्द्र कुमार यादवले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष अस्मिता कुमारी मण्डल संरक्षक शिक्षक सुरेश कुमार गूप्ता मानव अधिकार समुहका सदस्य सुरेन्द्र कुमार मेहता बाल समुहका सदस्य रुवी मेहता, विशाल कुमार उँराव, राहुल कुमार यादव, सपना कुमारी मेहता, इन्सेक प्रतिनिधि जयकृष्ण यादव र प्राधानाध्यापक जितेन्द्र साह लगायतको उपस्थित रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post