इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हरियाली बढाउन र विद्यालयमा सरसफाई सहित आर्कशन बढाउन वृक्षारोपन सुरु गरिएको छ । वृक्षारोपन गर्ने क्रममा जनता मावि भोक्राहा नरसिंह ३ मा बाल अधिकार चेतना समूहले अशोक सहितको विरुवा रोपेर वृक्षारोपन गरेको विद्यालयले जनाएको छ । विद्यालयमा सरोकारवालाहरुको समेत उपस्थितीमा वृक्षारोपन गरिएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र साहले जानकारी दिए ।
वृक्षारोपन कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्वरोजगार पाएका स्थानीय सहित वडाध्यक्ष सुकदेव यादव, बाल समूहका अध्यक्ष निरो कुमारी मण्डल, उपाध्यक्ष अस्मिता कुमारी मण्डल सहितको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरुले विद्यालय परिसरभरी वृक्षारोपन गरेका थिए ।
Discussion about this post