इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ र ८ मा मोवाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलको नेटवर्क नहुँदा वडावासीहरु दुुर्गम जिल्लाको अनुभुति गर्न थालेको बताएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकासँग टासिँएको पालिका मध्ये भोक्राहा नरसिंह गाउँपालिका पनि एक स्थानिय तह हो ।
जहाँ मोवाइल घर घरमा ३ देखी ५ वटा सम्म चलाउने मान्छे छ तर मोवाइलमा नेटवर्क नहुँदा स्थानियवासीहरु कोही रुखमा त कोही घरको छतमा चढेर फोनकल गर्न बाध्य हुने गरेको स्थानिय मुर्सिद आलमले जानकारी दिए ।
स्थायिन आलमका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ६ र ८ का स्थानियवासीहरुलाई नेपाल टेलिकम र एनसेलले सौतिनी व्याहार देखाउँदै आएको बताए ।
नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक भएपनि हाल सम्म ग्रामिण भेगमा सेवा दिन नसकेकोे स्थानियहरुले गुनासो गरेका छन् ।
नेपाल टेलिकमले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको भएपनि हाल सम्म दक्षिणवर्ती ग्रामिण क्षेत्रमा पर्ने भोक्राहा नरसिंह गाउँपालिकाको वार्ड नं. ६ र ८ मा अधारभुत सेवा दिन सकेको छैन् ।
यता नेपाल टेलिकम पछिको दोश्रो एनसेल हाल मलेसियाको आजीयाटा ग्रुप बेरहाड कम्पनीको समूहले पनि ग्रामिण क्षेत्रका आफ्नो आधारभुत सेवा दिनबाट पन्छिएको छ ।
हाल यस कम्पनीले नेपालको ७७ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गरेपनि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको ग्रामिण क्षेत्र सम्म पुग्न नसेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारीले जानकारी दिए ।
एनसेलको आफ्नो सेवा बिस्तार गर्ने सन्दर्भमा शहरी तथा ग्रामिण इलाकालाई छानेको भएपनि ग्रामिण भेगमा अझैँ पुग्न नसेकेको कारण वडावासीहरुलाई सास्ती वेहर्नु परेको बताए ।
Discussion about this post