इनरुवा । जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह कमिटी समायोजन समिति निर्माण भएको छ ।
विभिन्न पार्टी मिलेर एकीकृत बनेको जनता समाजवादी पार्टीको समायोजन देशभरी चली रहदाँ भोक्राहा नरसिंहमा पनि समायोजन कमिटी निर्माण भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं। ६ चिरौलीमा समपन्न भएको समायोजन भेलाबाट गाउँ कमिटी संयोजकमा महिन्द्र यादवलाई जिम्मेवारी दिएको छ ।
समपन्न भेलाले उपाध्यक्षमा विलेती मेहता, राजन खत्वे, राजेश्वर साह र सचिवमा प्रमेशवर मेहता सह सचिवमा मिथलेश यादव र ब्रहमदेव मेहता , कोषाध्यक्ष उर्मिला मेहता, सदस्यहरुमा दिनेश मेहता, पुनम मेहता, जितेन्द्र ठाकुर, गजेन्द्र यादव लगायतका ३५ सदस्य समिति चयन गरेको प्रदेश सदस्य मनोज यादवले जानकारी दिए ।
समायोजन भेलाका प्रमुख अथिती हरिगोविन्द यादवले पार्टीलाई व्यवस्थित गर्न कार्यक्रर्ताहरु इमान्दार हुन आवश्यक रहेको बताए ।
उनले देशको वैक्लपिक शक्क्ति जसपा भएकाले उच्च मनोवलका साथ काम गर्न नेता कार्यक्रर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य दिनेश मेहता, संघिय परिषद सदस्य तेजनारायण चौधरी, प्रदेश उपाध्यक्ष सविता यादव, सदस्य मनोज यादव जिल्ला अध्यक्ष भगिरथ खत्वे, रविन कार्की लगायतका नेता तथा कार्यक्रर्ताहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post