इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका ४० वर्षिय बौवानारायण मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालयमा विना कारण चार घण्टा थुनेको र यातना दिएको आरोप लगाएको छ ।
आफ्नै मामा माईजुको विवादका बारेमा सहजिकरणका लागि २०७७ चैत ५ गते विहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुग्दा आफूलाई मुद्धा बढाउन दबाव दिने नाइके भन्दै प्रहरीले चार घटना विना कारण हिरासतमा राखेर चरम यातना दिएको खुलासा गरेको छ । प्रहरी परीसरबाट गिरफ्तार गरे लगत्तै आफूलाई डिएसपी सर (नाम थाहा नभएको प्रहरी)ले आफूलाई मुक्का, लातीले हिर्कार चरम यातना दिँदा आफ्नो टाउँको दुखेको, खान सुन्न समस्या भएको र पाँच घण्टासम्म वेहोस जस्तो बनाएर कोठामा थुनेको शनिबार पत्रकार सम्मेलन गरी आरोप लगाएका छन ।
प्रहरीको कडा यातनाबाट शरिरमा दुखाई बढेको, कान सुन्न समस्या भएको र टाउको दुखेकोले स्थानीय नीजि किल्नकमा दुखाई क मगर्ने औषधी किनेर सेवन गरेको बताए । यातनाको विषयमा कानुनी उपचार गरिएको छैन भने न्यायका लागि पत्रकार सम्मेलन गरी दोषीलाई कार्वाही आफनो उपचारको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
पीडित मेहताले पत्रकार सम्मेलनबाट गरिएको गुनासोबाट सुनुवाई नभए राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकमा उजुरी गर्ने तथा जिवन रक्षको लागि समेत निवेदन दिने बताए ।
मेहताका अनुसार प्रहरी प्रशासनले झुट्टा मुद्दामा फसाउनको निम्ति जबरजस्ती अरुको सहजीकरण गर्न आउदाँ यातना दिएकाले मानव अधिकार उलघंन समेत भएको दावी गरे ।
यसैबीच, मेहताले प्रहरीले विना कारण हिरासतमा राखेको र यातना दिएको विषयमा सुनसरीका प्रहरी नायव उपरीक्षक नगेन्द्र कुमार कार्कीले पीडित र पीडकलाई उचाल्ने काम गरेकाले समान्य रुपमा हप्काएको प्रतिकृया दिए । उनले विवाद मिलाउन सहज हुने भनेर केही छुटै कोठामा राखिएको समेत प्रतिकृया दिए ।
Discussion about this post