इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गरी परिचय पत्र वितरण गरिएको भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य संयोजक आलम अंसारीले जानकारी दिए ।
स्वास्थ्य संयोजक अंसारीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.८ मा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको सेवा सुविधामा पहुँच स्थापित गर्न सोमबार स्वास्थ्य जाँचको शिविर संचालन गरी परिचय पत्र वितरण गरिएको बताए ।
भोक्रहा नरसिंह गाउँपालिका वार्ड नं. ८ मा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको संख्या ४० जनाको तथ्यांक संकलन भएको बताए ।
सो कार्यक्रममा ४२ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य वितरण कार्यक्रम सम्पन्न चेकजाँचको गराएपनि २० जनालाई मात्रै परिचय पत्र वितरण गरिएको स्वास्थ्य संयोजक आमलले जानकारी दिए ।
यता भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ८ मा ४० जनालाई अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरिएपनि सम्बन्धित वडाका २० जना व्यक्तिहरुमात्र कार्यक्रममा सहभागी भएकाले २० जना व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको सो वडाका वडाध्यक्ष हात्तिम अंसारी जानकारी दिए ।
सो कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रदेश नं. १ का समाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा कार्यक्रम समपन्न भएको थियो ।
Discussion about this post