सुरेन्द्र मेहता – इनरुवा । राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँकार्य कमिटि ओलि समूहको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
युवा संघमा आवद्ध गाउँ कार्य कमिटिका संयोजक रमेश कुमार यादव सहित सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सचिव देवानन्द मेहता तथा राष्ट्रिय युवा संघ सुनसरीका संयोजक अरुण गुरुङले शपथ ग्रहण गराएका हुन् ।
युवा संघका भोक्राहा नरसिंह संयोजक रमेश कुमार यादवले आफ्नो नेतृत्वको संघले युवाहरुको हकहित सहित विकास र समृद्धिको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यादवले आफू गाउँपालिकाको सबै वडामा समिति विस्तार गर्ने र विद्यार्थी तथा युवाहरुको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले वडासम्म र टोलटोलमा समेत युवाहरुको समूह विस्तार गर्नुपर्ने, समस्याहरुको सामाधान गर्न आफू तयार रहेको बताए ।
सबैको नेता केपी ओली रहेसम्म कोहीकसैले डराउनुनपर्ने र शुख, शान्ती अनि समृद्धिको बाटोमा देश लाग्ने बताए ।
शपथ ग्रहण गराउदै युवा संघका सदस्यहरुले नेकपा एमाले पार्टीका विभिन्न गतिविधिहरुमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम युवा संघका भोक्राहा नरसिंह संयोजक रमेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवानन्द मेहताले युवाहरुको एकता अहिलेको आवश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार अजमल अंसारीले युवाहरुको विकास र नेतृत्व क्षमताका लागि युवा संघले काम गर्ने भएकाले युवाहरुलाई शिक्षा र नेतृत्वका लागि अगाडी बढाउनुपर्ने बताए ।
सोमबार भएको सपद ग्रहण कार्यक्रममा युवा संघको संयोजक रमेश कुमार यादव सहित सहसंयोजक इसाक अंसारी, सचिव चन्दन कुमार यादव, सहसचिव मुकेश कुमार यादव र कोषाध्यक्ष सृजना मेहताले सपद लिएका छन् ।
त्यसैगरी सदस्यहरु रहिस मंसुरी, राजाराम यादव, प्रमिला मेहता, अन्जु मण्डल , सवकला मेहता, रिजन्जन उराँव, जयकिसोर यादव, प्रमोद कुमार शर्मा सहित ६७ सदस्य समितिले सपद ग्रहण गरेका छन् ।
कार्यक्रममा रन्जु सिग्देल, जेनिस निरौला, होमनाथ धमला , ऋितिक रोसन यादव, पार्टीका रमेश प्रसाद यादव, वडा अध्यक्ष तथा पार्टीका गाउँ सचिव हातिम अंसारी, अध्यक्ष रामकुमार मेहता , इन्चार्ज रमेश प्रसाद यादव र युवा इन्चार्ज नईम मंसुरी सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post