• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्ने – अध्यक्ष ऐयुब अन्सारी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र १० गते, १९:३९ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्ने – अध्यक्ष ऐयुब अन्सारी
37
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जनता दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्ने वचन दिएका छन् । सुनसरीको कोशी गाउँपालीकास्थित भण्टाबारी खानेपानी आयोजना सोमबार उद्घाटन गर्दै अध्यक्ष अन्सारीले सो वचन दिएका हुन । सुनसरीको कोशी गाउँपालीका ८ मा अवस्थित भण्टाबारी खानेपानी आयोजना विश्व पानी दिवसको अवसर पारेर सोमबारबाट पुन संचालन ल्याइएको हो ।
कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसहितका जनप्रतिनिधिको सक्रियतामा भण्टाबारी खानेपानी आयोजना संचालन आएपछि स्थानीय जनता लाभान्वित हुने भएका छन् । आठवर्षअघि संचालन आएपनि केही दिनपछि नै भण्टाबारी खानेपानी आयोजना बन्द भएको थियो । जनताको घर घरमा स्वच्छ पानी पुर्‍याउन भण्टाबारी खानेपानी आयोजना संचालनमा ल्याइएको बताउदै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जीर्ण अवस्थामा रहेका अन्य खानेपानी आयोजनासमेत छिटै संचालन ल्याइने बताए । खानेपानी आयोजना उद्घाटन गर्दै उनले भने स्वच्छ र सुरक्षित पानी पिउने सेवाग्राहीको धोको लामो कसरत पश्चात् पुरा भएको छ । हरिपुर र लौकही खानेपानी आयोजना पनि संचालनमा ल्याउछौं कोही जनता दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्छौ । २०७१ सालमा साविक हरिपुर र श्रीपुर गाविस हाल कोशी गाउँपालीका वार्ड नम्बर ६ र ७ का जनताको पहुँचमा स्वच्छ पानी पुर्‍याउने उद्देश्यले उक्त खानेपानी आयोजना निर्माण गरिएको हो ।

कोशी गाउँपालीकाको ३५ लाख ५० हजार,आरआरएन सुनसरीको १७ लाख ९२ हजार ४५२ रुपैयाँ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४ लाख ९० हजार र स्थानीयको श्रमदानबाट उठेको २ लाख ४० हजार ४२८ रुपैयाँ गरी जम्मा ६० लाख ७२ हजार ८८० रुपैयाँलागतमा भण्टाबारी खानेपानी आयोजना पुन संचालनमा आएको हो । प्रदुषणयुक्त पानी पिउन बाध्य कोशी क्षेत्रका सर्वसाधारण खानेपानी आयोजना संचालनमा आएपछि स्वच्छ पानी पिउने भएका छन् स्थानीय मन्जुर आलमले भने अब दूषित पानी पिउने बाध्यता हट्नेछ । विगतमा संचालनमा आएर आयोजना बन्द भएको हुनाले यसपटक त्यसो हुन नदिन र खानेपानी आयोजनालाई निरन्तर दिन उनको आग्रह छ ।

ग्रामीण भेगका जनतालाई खानेपानी मार्फत स्वच्छ पानी घर घरमा पुर्‍याउने लक्ष्यका साथ संचालनमा ल्याउनु खुशीको कुरा हो सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने । यसको संरक्षण र सम्बर्द्धनमा सबैको पक्षको साथ र सहयोग रहनेमा आशावादी छु ।

जनता सुलभ दरमा स्वच्छ पानी पुर्‍याउने योजना रहेको हुनाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट आवश्यकताअनुसार निरन्तर सहयोग गर्न अध्यक्ष अन्सारीले आग्रह गरेका थिए । कोशी गाउँपालीकामा संचालनमा आएको खानेपानी आयोजना निर्माणकार्यमा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेको बताउदै जनतालाई स्वच्छ पानी पुर्‍याउन आफ्नोतर्फबाट हरदम सक्ने सहयोग गर्न तत्पर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका डिभिजन प्रमुख प्रदीपलाल कर्णले बताए । सबैको पक्षको सहयोगले संचालनमा आएको भण्टाबारी खानेपानी आयोजनाबाट जनता लाभान्वित हुने भएकोले समयसापेक्ष जनचाहनाअनुसार खानेपानीको स्तरउन्नति गर्दै लाग्ने खानेपानी आयोजनाका प्राविधिक सुशील कर्णले जानकारी दिए । भण्टाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुरे आलमको अध्यक्षतामा सम्पन्न भएको खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुखहरु,कर्मचारी,उपभोक्ता समितिका पदाधिकारी,कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी,लेखाअधिकृत सुरप्रसाद दंगाललगायतको उपस्थिति रहेकोे थियो भने कार्यक्रम कोशी गाउँपालीकाकि खानेपानी फोकल पर्सन ललिता लम्सालले संचालन गरेकी थिइन् ।

Tags: अध्यक्ष ऐयुब अन्सारीअवस्था अन्त्य गर्नेबिरामी हुनुपर्ने

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist