• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

ग्रामिण आमा स्वास्थ्य कार्यक्रम,सुनसरीका चारवटा स्थानीय तह समेटिए

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र ११ गते, १०:०४ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
ग्रामिण आमा स्वास्थ्य कार्यक्रम,सुनसरीका चारवटा स्थानीय तह समेटिए
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएको छ । प्रदेश १ सरकारको पहलमा संचालनमा ल्याइएको कार्यक्रममा सुनसरीका चारवटा स्थानीय तह समेटिएका छन् ।कार्यक्रम प्रदेश एकको तीन जिल्ला सुनसरी, इलाम र संखुवासभामा संचालनमा ल्याइएको छ । सुनसरीको हकमा बर्जु, दुहवी,बराहक्षेत्र र भोक्राहा नरसिंह कार्यक्रममा समेटिएका छन् ।

सुनसरीको बर्जुको चिमडी, दुहवीको सोनापुर र बराहक्षेत्रको मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय सुनसरीले कार्यक्रम लागु गरि सकेको छ ।बराहक्षेत्र नगरपालिकाको वडा नम्वर ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधुवनमा स्वास्थ्य कार्यालय सुनसरीले मंगलबारबाट औपचारिक कार्यक्रमका बिच ग्रामिण आमा स्वास्थ्य कार्यक्रमको सुरुवात गरेको छ । भोक्राहा नरसिंहमा भने यसै साताबाट कार्यक्रमको थालनी गरिने कार्यालयले जनाएको छ ।मधुवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाई सहितको स्वास्थ्यकर्मीको टोलीले औपचारिक कार्यक्रमका बिच सेवा थालनीको घोषणा गरेको छ ।उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने स्रोत साधन समेत हस्तान्तरण गरेको छ । औषधोपचार लगायत कार्यालय प्रयोजनका लागि आवश्यक भई माग भएका सामान हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख प्रसाईले बताए ।

मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम लागु गर्नु पूर्व व्यवस्थापन समितिका पदाधिकारी सहित स्वास्थ्यकर्मी लगायतलाई अभिमूखिकरण कार्यक्रममा सामेल गराइएको थियो ।सो क्रममा पब्लिक हेल्थ नर्स सृजना लिङ्थेप र स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले कार्यक्रमको महत्व र आवश्यक्ता बारेमा प्रस्ट्याएका थिए । वडा अध्यक्ष केदार विष्ट, डाक्टर बिनोद साह लगायतको उपस्थितिका बिच कार्यक्रमको प्रभावकारीताको विषयमा जोड दिइएको थियो ।सो क्रममा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम आमा र बच्चा दुवैको लागि लाभदायक रहेकाले त्यसको ठोस र प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार र स्वास्थ्य कार्यालय बिच समन्वयात्मक भूमिका आवश्यक रहेको औल्याइयो ।कार्यक्रमले सुरक्षित र भरपर्दो सेवा प्रवाहलाई सहज रुपमा जोड्ने बताइएको छ । स्वास्थ्य प्रमुख प्रसाईका अनुसार लागु कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउनुका साथै सुत्केरी र गर्भवतीकालागि नियमित चेकजाँचको सहजतालाई समेट्ने छ । प्रसाईले भने, अल्ट्रासाउण्ड समेतको बन्दोवस्ती रहने छ । अक्सिजन सहितको वर्थिङ सेन्टरले आमा र बच्चालाई सुरक्षित राख्न मद्यत पुर्याउने छ’ ।प्रसुती प्रतिक्षालय निर्माण सँगै कुरुवा सहित खानपानको बन्दोवस्ती सहितको योजना समेतलाई कार्यक्रममा समेटिने प्रसाईको भनाई छ ।त्यसका अलावा सुत्केरी आमा र बच्चाको जाँचको लागि घरलौरी सेवा प्रदान गर्ने, गर्भवती र प्रसुती जटिलताको कारण आमा र नवजात शिशुलाई आकस्मिक प्रेषण गर्नु पर्ने भएमा सोही अनुरुपको बन्दोवस्ती मिलाउने जस्ता काम ग्रामिण आमा स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित हुने छन् । जसलाई स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचका रुपमा हेरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीकी पब्लिक हेल्थ नर्स सृजना लिङ्थेपका अनुसार गर्भवती र सुत्केरीको हकमा सहज र सुरक्षित महसुस गर्ने वातावरण सृजना गराउदै आमा र बच्चाको स्वास्थ्य मजबुत बनाउनु कार्यक्रमको मुलभुत उद्देश्य रहेको छ । सोही अनुरुपको सेवा प्रवाहमा केन्द्रित रही कार्यक्रमको सेवा अघि बढाइने उनले बताइन् ।लिङ्थेपले कार्यक्रमले निःशुल्क एम्बुलेन्स सहितको उपचार सेवाको उपलब्धता समेत दिलाउने बताइन् । उनका अनुसार आमा स्वास्थ्य सुरक्षा कार्यक्रम लागु भएसँगै ग्रामिण भेगमै सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनका साधनको सहज उपलब्धता, विश्वसनीय ल्याब सेवा, दक्ष जनशक्ति व्यवस्थापन र विषयगत तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको व्यवस्थापन जस्ता कार्य थप सहज, सरल र विश्वसनीय बन्ने छ ।स्थानीय तवरमै स्रोत साधनको उपलब्धता सहितको दक्ष र अनुभवी स्वास्थ्यकर्मीबाट गुणस्तरीय स्वास्थ्योपचार सेवा प्रवाहमा आउँदा ग्रामिण भेगका महिलाहरुले झेल्दै आएका विभिन्न खाले स्वास्थ्य समस्या अन्त्य हुने स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठको भनाई छ ।श्रेष्ठले स्वास्थ्य कार्यालय सुनसरीले अनुगमन गरी प्रवाह हुँदै आएको सेवा र त्यसको गुणस्तरीयतालाई आधार मानी छनौटमा परेका प्राथमिक स्वास्थ्य केन्द्रमा आमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएको बताइन् ।

उनले शहरी भेगको दाँजोमा ग्रामिण भेगका महिलाहरुले बढी मात्रामा स्वास्थ्य समस्या र जोखिम झेल्नु परेको पाइने गरेकाले समेत सोही कुरालाई आधार मानी कार्यक्रम लागु गरिएको बताइन् । श्रेष्ठले ग्रामिण भेगमा सचेतना अभाव, आर्थिक अवस्था कमजोरी र अज्ञानता विद्यमान रहेकाले समेत आमा र बच्चाको सुरक्षाको लागि कार्यक्रम फलदायी सावित हुने बताइन् ।महिलाहरुको पाठेघरको समस्याका साथै अन्य रोग सम्वन्धि उचित परामर्श सहितको स्वास्थ्योपचार सेवा दिलाइने भएकाले समेत कार्यक्रम लागु रहेको नजिकको स्वास्थ्य संस्थामा गई सेवाको उपभोग गर्न स्वास्थ्य कार्यालय सुनसरीले सर्वसाधारण समक्ष आग्रह गरेको छ ।

 

Tags: ग्रामिण आमाचारवटा स्थानीय तहसमेटिएसुनसरीकास्वास्थ्य कार्यक्रम

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist