इनरुवा । सुनसरीका सरोकारवालाहरुले लैगिंक हिंसा नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेका बताएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले महिला तथा बालबालिकाहरु बढी मात्रामा लैगिंक हिसाँको जोखिममा रहेकाले यसको नियन्त्रणका लागि सबै सरोकारवालाको सहकार्य जरुरी रहेकोमा जोड दिएका छन् ।
लैगिंक हिसाँ नियन्त्रण जिल्ला सञ्जाल सुनसरीका संयोजक प्रहरी उपरीक्षक कमल थापाले नागरिक तहबाट र नागरिक समाजको तर्फबाट पनि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
सुनसरीका प्रहरी उपरीक्षक थापाले लैगिंक हिंसा नियन्त्रण जिल्ला सञ्जालको कोरोनाका कारणल अवरुद्ध रहेको बैठकलाई यही महिनादेखी सुचारु गर्ने बताएको छ । प्रहरी उपरीक्षक थापाले जिल्लामा सरोकारवालाहरुको सहभागितामा भएको अन्तरकृया कार्यक्रममा जिल्ला सञ्जाल सहित विभिन्न संघ संस्थाहरु र महिलाहरुको सहभागितामा लैगिंक हिसाँ नियन्त्रण गर्नुपर्ने बताए ।
प्रजिअ ढकालले जिल्लाका विषयगत क्षेत्रमा काम गर्ने महिला तथा बालबालिकाहरुको क्षेत्रमा तथा लैगिंक हिसाँ नियन्त्रण क्षेत्रमा काम गर्नेहरुसंगको समन्वय सहकार्य आवश्यक रहेको बताए । प्रजिअको परिचयात्मक कार्यक्रम तथा बैठकमा सञ्जालका रमेश भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेल, पुरुषोतम घिमिरे, सरिता कार्की घिमिरे, विनिता दाहाल, सविना सिग्देल, तोया गिरी, जयकृष्ण यादव, मेघराज न्यौपाने, शान्ती दनुवार, सहजादी प्रविण, मन्जु उप्रेती, कमला खत्वे, रमेश बस्नेत सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल जिल्ला तथा गाउँ नगर समेत सकृय हुनुपर्नेमा जोड दिएको थियो ।
सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याँय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।
Discussion about this post